पोखरा आरोग्य आश्रममा खाद्यान्न सामग्री वितरण

पाेखरा | बैशाख ६, २०८१

पोखरा आरोग्य आश्रममा खाद्यान्न सामग्री वितरण

पोखरा:    यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ । 


क्लबले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रमको छैठौ दिन बिहीबार पोखरा आरोग्य आश्रममा आश्रितहरुलाई लक्षित गरी खाद्यान्न सामग्री वितरण गरेको हो । 


खाद्यान्न सामग्री हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरण बानियाँले पोखरा आरोग्य आश्रममा आश्रितहरुलाई लक्षित गरि खाद्यान्न सामाग्री वितरण गरेकोमा क्लब परिवार प्रति आभार प्रकट गर्दै यूनाइटेड क्लबको सामाजिक कार्यलाई लक्षित गरि आगामी आर्थिक वर्षदेखी वडाले रातो किताबमा समेटेर बजेट बिनियोजन गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे । 


त्यस्तै पछिल्लो समय कुष्ट प्रभावितहरुको संख्या विस्तारै बढ्दै गएको र आफ्नो वडामा समेत हाल ४ जना मानिसमा कुष्टरोग देखा परेकाले यसको बारेमा सचेत बन्दै जनचेतना फैल्याउन आवश्यक रहेको समेत बताए ।


सो अवसरमा बोल्दै नेपाल कुष्ठरोग निवारण संघका केन्द्रीय उपाध्यक्ष नारायण शर्माले महोत्सव गर्नु आफैमा गार्हाे  काम भएका बताउदै गाह्रो कामबाट बचत भएको रकम सामाजिक सेवामा खर्चिनु अत्यन्तै श्रहानिय काम भएको बताए । 


कुष्ठरोग निवारण संघ कास्कीका अध्यक्ष सुभाष तझ्याले पोखरा आरोग्य आश्रम कुष्ठ प्रभावितहरुका लागि स्थापना गरिएको वताउदै हाल संघमा १३ जना आश्रित रहेको र उनीहरुलाई विभिन्न संघ संस्था तथा व्यक्तिहरुको सहयोगमानै खाद्यान्न उपलब्ध गराउदै आइरहँदा यूनाइटेड क्लबको सहयोग पाउदा आफुहरु गौरवान्वित भएको बताए ।


संघको संयोजनमा कुष्ठ प्रभावितहरुलाई लक्षित गरी पोखराको लामतरामा १८ र ठूलिमझुवामा १२ परिवारलाई बासस्थानको ब्यवस्था मिलाएको भएतापनि उनीहरुले सरकारबाट भत्ता बाहेक केही नपाएको उनको भनाइ रहेको थियो । 


उक्त बस्तीहरुका १८ जना विद्यार्थीहरुले छात्रवत्ति मार्फट पढाइ भइरहेको समेत उनले बताए ।  कार्यक्रममा यूनाइटेड क्लबका कार्यसमिति सदस्य तथा खाद्यान्न वितरण कार्यक्रमका संयोजक पूर्ण कुमार श्रेष्ठले यूनाइटेड क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा गत बैशाख १ गते देखी सप्ताहब्यापी कार्यक्रम गर्दै आइरहेको र सोही क्रममा छैठौ दिनको दिन पोखर आरोग्य आश्रममा आश्रितहरुलाई खाद्यान्न वितरण गरिएको बताए ।  


कार्यक्रममा बोल्दै यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा सप्ताहब्यापी कार्यक्रम अन्तर्गत वैशाख १ देखी ७ गते सम्म शिक्षा, स्वास्थ्य, विभिन्न आश्रमहरुमा पुगी खाद्यान्न तथा विभिन्न सहयोग गर्दै आइरहदा छैठौ दिन पोखरा आरोग्य आश्रममा खाद्यान्न वितरण गरेको बताए । 


क्लबले सेती नदी संरक्षणका लागि समेत रकम छुट्याउदै आएको र सेती नदी संग जोडिएका पोखरा महानगरका वडा हरु संग सहकार्य गरेर सेती नदीमा साहसिक पर्यटकीय गन्तब्य बनाउनका लागि समेत सहकार्य गर्न तयार रहेको अध्यक्ष श्रेष्ठले बताए । 

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदे...

थप पढ्नुहोस्

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् ।   भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...

थप पढ्नुहोस्

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

थप पढ्नुहोस्