रम्भाका अम्बरविरुद्द गर्भ रहेको थाहा पाएपछि बालिकाको उजुरी
पाल्पा | बैशाख १०, २०८१
पाल्पा: जिल्ला प्रहरी कार्यालय पाल्पाले जबरजस्ती करणी गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ ।
पाल्पा प्रहरीका अनुसार पक्राउ पर्नेमा रम्भा गाउँपालिका २ का ४८ वर्षीय अम्बर बहादुर सारु रहेका छन् ।
उनले गत सालको कात्तिक १३ गते पीडितकै घरमा बालिकालाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको थियो ।
उजुरीमा जबरजस्ती करणीपश्चात गर्भ रहन गएको उल्लेख छ ।
सोही उजुरीकै आधारमा अम्बर बहादुरलाई प्रहरी चौकी हुँगीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
सो विषयमा थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।
सर्लाही: नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न र बुझ्न आएको बताउनुभएको छ । आज सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्...
काठमाडौं: नेपाल साफ फुटसल च्याम्पियनसिपमा पुरुषतर्फ तेस्रो भएको छ । थाइल्यान्डको नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा सोमबार भएको खेलमा नेपालले भुटानलाई ४–१ गोलले हरायो । प्रतियोगिताको ...
पोखरा: पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान) को आयोजनामा पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम सोमबारदेखि पोखरामा सुरु भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजना भएको तालिम तीन दिनसम्म चल्...

