सामुदायिक विद्यालयको जग्गा व्यक्तिको नाममा दर्ता गरेको भन्दै अख्तियारमा उजुरी

एमाले वडा कमिटी २६​ को आपत्ती

पाेखरा | बैशाख ११, २०८१

सामुदायिक विद्यालयको जग्गा व्यक्तिको नाममा दर्ता गरेको भन्दै अख्तियारमा उजुरी

कास्की:   पोखरा महानगरपालिका –२६ स्थित सामुदायिक विद्यालयको  जग्गा व्यक्तिको नाममा दर्ता गरिएको भन्दै अख्तियारमा उजुरी परेको छ । 

 

कास्कीको (साबिक कन्धनीडाँडा गाविस –४ को परिवर्तित लेखनात नगरपालिका –४) पोखरा महानगरपालिका–२६ स्थित सामुदायिक विद्यालय (अमरज्योति आधारभूत विद्यालय) को स्वामित्वमा रहेको (कित्ता नम्बर ७२५ को क्षेत्रफल ३–३–०–० र ७५९ को क्षेत्रफल २–८–०–०) जग्गा व्यक्तिको नाममा दर्ता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

 

उजुरीमा उल्लेख भएअनुसार वि.स २०४४ सालमा स्थापित अमरज्योति आधारभूत विद्यालयले स्थापना कालदेखि नै सरकारको स्वामित्वमा छ ।

 

तर पछिल्लो समय सो जग्गा व्यक्तिको नाममा दर्ता गरिएको भन्दै गत चैत्र २७ गते अख्तियारमा उजुरी (सि–०६५५६३) दर्ता भएको छ ।

 

उजुरीमा भनिएको छ, ‘विद्यालयको जग्गा हो भन्ने जान्दा जान्दै पनि हाल आएर करोडौं रुपैयाँको चलखेल गरी करोडौं पर्ने जग्गा हुँदा बाडचुड गरी खाने दुषित नियत गरी मेल खामोस मिलाई करोडौं रुपैयाँ लिनुदिनु गरी विपक्षहरुसमेत मिली भ्रष्टाचार गरी राष्ट्रिय भूमि आयोग, जिल्ला समिति कास्कीमा हाल आएर कोही कसैले विद्यालयको जग्गामा दावी गर्न नमिल्नेमा विद्यालयको जग्गालाई २०३२ सालदेखि नै भोगचलन गर्दै आएको भनी झुट्टा कुरा लेखी जग्गा दर्ता गर्न

 

विपक्षी मध्येका भिम बहादुर बिकको नामबाट निवेदन गर्न लगाई आफु कार्यवहाक भएको मौका छोपी वडा कार्यालयलाई पत्राचार गर्न लगाई कार्यवहाक अध्यक्ष भएको मौका मिलाई सिफारिससमेत  गरी रातारात उक्त आयोगका अध्यक्ष, सदस्यसमेत मिली अख्तियारको दुरुपयोग गरी बदनियतपूर्ण तवले भ्रष्टाचार गरी गैरकानूनी निवेदन एवं वडा कार्यालयको सिफारिस बनाई आयोगबाट जग्गा दर्ता गर्ने निर्णय गरेको सबैकुरा हामीलाई जानकारी हुन आएकाले अख्तियारको दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ एवं ऐ.को  नियामावली २०५९ को नियम ६ बमोजिम निवेदन गर्न आएका छौं ।’

 

एमाले वडा कमिटी २६​ को आपत्ती

 

नेकपा एमाले वडा कमिटी २६ ले सामुदायिक विद्यालय व्यक्तिको नाममा दर्ता गरेको भन्दै विज्ञप्तीमार्फत आपत्ती जनाएको छ ।
 

कार्यवहाक अध्यक्ष मिना श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘शसस्त्र युद्ध, संविधान निर्माणपश्चात पुन: जनाताका लागि आवश्यक बासका निम्ति निरन्तर जनताका पक्षमा लड्दै आइरहेको सन्दर्भमा पोखरा महानगरपालिका वडा २६ को घैटेखोरस्थित अमरज्योति गाउँफर्क माविको संरक्षणमा रहेको (कित्ता नम्बर ७२५, क्षेत्रफल ३–३–०–०) जग्गा राष्ट्रिय भूमि आयोग र पोखरा महानगरपालिका वडा २६ को मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएको भन्ने कुरा सम्बन्धित क्षेत्रका जनताबाट जानकारी आएपश्चात

 

 उक्त जग्गा विद्यालयको संरक्षणमा रहदैंआएको र विद्यालयकै नाममा सेतो पुर्जासमेत रहेको हुँदा व्यक्तिलाई आवासमा दिन नमिल्ने जग्गा सिफारिस गरिएको प्रति नेकपा एमाले पोखरा–२६ को गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ उक्त जग्गा साविक विद्यालयलाई फिर्ता गर्नका लागि सबै सरोकारवालाहरुलाई आह्वान गर्दै उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई कारवाहीका लागि हार्दिक अपिल गर्दछौं ।’

काठमाडौं:  भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ।  भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सु...

थप पढ्नुहोस्

काठमाडौं:  हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथ...

थप पढ्नुहोस्

 पोखरा:  पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत सोमबारदेखि ढिकि जातो प्रतियोगिता सुरु भएको छ । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्...

थप पढ्नुहोस्