पोखरामा मुख्यमन्त्रीको पिए हुँ भन्दै ठगी गर्ने सुवास प्रकाउ
पाेखरा | बैशाख २७, २०८१
पोखरा: पोखरामा मुख्यमन्त्रीको पिए हुँ भन्दै ठगी गरेको आरोपमा सुवास सुवेदीलाई प्रहरीले प्रकाउ गरेको छ । प्रहरीले ठगी गरेको आरोप सुवेदीलाई काठमाडौंबाट प्रकाउ गरेको हो ।
सुवेदीले मुख्यमन्त्रीको पिए हुँ भन्दै तुरुन्तै पोखरा–काठमाडौंको हवाई टिकट बुक गरिदिनु पैसा क्युआर कोड मार्फत पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले प्रकाउ गरेको हो ।
सुवेदीले बैशाख २० गते मुख्यमन्त्रीको पिए हुँ भन्दै तुरन्तै पोखरा–काठमाडौं, काठमाडौं–नेपालजञ्जको हवाई टिकटका लागि पोखरा महानगरपालिका–६ लेकसाइडस्थित रहेको एके टुर्स एण्ड ट्राभल्स प्रालिमा फोन गरी हवाई टिकट काट्न लगाई पछि क्युआरमा पैसा नपठाई ठगी गरेको जाहेरीको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलिले काठमाडौबाट प्रकाउ गरेको हो ।
प्रकाउ परेका सुवेदी माथि अन्य २ वटा ठगी सम्बन्धी किटानी जाहेरी समेत परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।
प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

