इदिखोलामा अवैध उत्खनन् गर्ने जेसिबी नियन्त्रणमा
कास्की | जेठ १, २०८१
पोखरा: कास्की प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् गर्ने जेसिबीलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ स्थित इदिखोलामा नदीजन्य पदार्थको अवैध उत्खनन् गरिरहेको ना १ क ४७४२ नम्बरको जेसीबीलाई नियन्त्रणमा लिइएको हो ।
आवश्यक अनुसन्धान र कारवाहीका लागि माछापुच्छ्रे गाँउपालिकाको कार्यालय लाहाचोक पठाइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लबस्तरीय एक दिवसीय क्रिकेटमा शनिबार २ खेल सम्पन्न भएका छन् । पोखरा र लेखनाथस्थित क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ र अरण्यज्योतिले आ–आफ्नो खेलमा जित हासिल गर...
बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...
पोखरा: पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्ता सम्म पोखरा महोत्सवको आयोजना...

