पोखराबाट स्कुटर चोरी गरेर प्युठान पुर्याएपछि...
पाेखरा | जेठ १२, २०८१
पोखरा: स्कुटर चोरी गरेको आरोपमा प्रहरीले प्युठानका रेकम बुढाथोकीलाई प्रकाउ गरेको छ ।
पोखराको नयाँबजारबाट चोरी भएको स्कुटर सहित बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय प्युठानले पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका–९ नयाँबजारबाट जेठ २ गते ग १५ प २४७५ नम्बरको स्कुटर हराएको सूचनापछि खोजतलाज गर्दा फेला नपरेपछि अन्यत्र जिल्लामा समेत लैजान सक्ने हुँदा हुलियासहित खोजतलाजका लागि पठाउँदा प्युठानमा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।
स्कुटर हराएको सूचनापछि खोजतलाजको क्रममा प्युठान प्रहरीले स्कुटर सहित ३६वर्षीय बुढाथोकीलाई प्रकाउ गरेको हो ।
पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

