पोखरामा मोटरसाइकल दुर्घटना हुँदा बागलुङका गणेशको मृत्यु
पाेखरा | जेठ १६, २०८१
पोखरा: पोखरामा गएराति मोटरसाइकल दुर्घटना हुँदा बागलुङका गणेश आचार्यको मृत्यु भएको छ ।
गएराति बागलुङ बसपार्कबाट जिरोकिलोमिटरतर्फ जाँदै गरेको बा ४८ प ९५७९ नम्बरको मोटरसाइकल पिर्केपुल नजिक सडकको बीच भाग रहेको डिभाइडरमा अनियन्त्रित भई ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाइते भएका बागलुङ नगरपालिका–१२ अमलाचौरका अन्दाजी ४१ वर्षीय गणेश आचार्यको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको कास्की ट्राफिक कार्यालयले जनाएको छ ।
दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

