एथलेटिक्समा ४ स्वर्णसहित गण्डकी टिम च्याम्पियन, अनुष्कालाई २ स्वर्ण

पाेखरा | जेठ ३१, २०८१

एथलेटिक्समा ४ स्वर्णसहित गण्डकी टिम च्याम्पियन, अनुष्कालाई २ स्वर्ण

पोखरा:    पोखरामा जारी यु १५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० मा एथलेटिक्सतर्फ गण्डकी प्रदेश टिम च्याम्पियन भएको छ । 

 

एथलेटिक्सतर्फ गण्डकी प्रदेश ४ स्वर्ण, ३ रजत र २ कास्य पदकसहित टिम च्याम्पियन भएको हो । गण्डकी टिम च्याम्पियन बन्न अनुष्काले दुई स्वर्ण पदक दिलाइन् । उनले छात्रा २ सय मिटर र ४ सय मिटर रिलेमा स्वर्ण हासिल गरिन् । 

 

गण्डकीले समग्रमा ४ स्वर्ण, ३ रजत र २ कास्य पदक हासिल ग¥यो ।  लुम्बिीनी प्रदेशले ३ स्वर्ण हासिल गर्दै दोस्रो स्थान हासिल ग¥यो । लुम्बिनीले २ रजत र ६ कास्य हासल ग¥यो । 

 

समान ३ स्वर्ण हासिल गरेको कर्णाली कुल पदकको हिसाबमा पछि पर्दै तेस्रो स्थान हासिल ग¥यो । कर्णालीले ३ स्वर्णसहित २ रजत र १ कास्य पदक हासिल गरेको हो ।

 

मधेश प्रदेश र कोशी प्रदेश र सुदुरपश्चिम प्रदेशले भने सम्रगमा चौथो स्थान हासिल ग¥यो । तीनै प्रदेशले  समान १ स्वर्ण, २ रजत र १ कास्य पदक हासिल ग¥यो । बागमती प्रदेश भने १ स्वर्ण १ रजत र २ कास्यसहित अन्तिममा रह्यो । 

 

बिहीबार भएको २ सय मिटर छात्र दौडमा गण्डकीका सुशान्त बोटेले २४.३३ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण हासिल गरे । लुम्बिनीका अभय रानाले २४.८० सेकेन्ड तथा तथा बागमतीका अजित ठाकुरले २५.१६ सेकेन्डमा दुरी पुरा गर्दै क्रमश: रजत र कास्य हासिल गरे । 

 

छात्रातर्फ पनि गण्डकीकी अनुष्का अधिकारीले २७.६२ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जित्दा सुदुरपश्चिमकी रितु जोशीले २८.५४ सेकेन्ड र लुम्बिनीकी जमुना लोधले २९.४७ सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः रजत र कास्य हासिल गरे ।


 

यो पनि पढ्नुहोस

 

 

८ सय मिटर छात्र तर्फ बागमतीका सुनिल विकले २ मिनेट ९ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जिते । कर्णालीका अनिल शाहीले २ मिनेट ११ सेकेन्डमा दुरी पुरा गर्दै रजत तथा लुम्बिनीका विशाल थारुले २ मिनेट १४ सेकेन्डमा दुरी पुरा गर्दै कास्य पदक हासिल गरे ।

 

छात्रातर्फ २ मिनेट ३६ सेकेन्डमा दुरी पुरा गर्दै कर्णालीकी पुर्णिमा बुढाले स्वर्ण जितिन् । गण्डकीकी कञ्चन भण्डारीले २ मिनेट ४७ सेकेन्ड र मधेशकी आशा शाहले २ मिनेट ५० सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः रजत र कास्य जितिन् । 

 

सटपुट छात्रतर्फ कोशीका छिरिङ शेर्पाले १०.५७ मिटर थ्रो गर्दै स्वर्ण जिते । गण्डकीका गणेश श्रेष्ठले ९.४० मिटर तथा लुम्बिनीका पारश बहादुर शाहीले ९.३६ मिटर थ्रो गर्दै क्रमशः रजत र कास्य पदक हासिल गरे । 

 

छात्रातर्फ लुम्बिनीकी सम्झना थारुले ८.३७ मिटर थ्रो गर्दै स्वर्ण जितिन् । कर्णालीकी उर्मिला राजीले ७.७३ मिटर र गण्डकीकी युना सारु मगरले ७.६० मिटर थ्रो गर्दै क्रमशः रजत र कास्य पदक हासिल गरे । 

 

छात्रा तर्फ गण्डकीले स्वर्ण पदक हासिल ग¥यो । गण्डकीको सुजता कुमाल, आरती विक, एन्जल विक र अनुष्का अधिकारी टोलीले कुल ५६.५९ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण हासिल गरेको हो ।

 

कोशी प्रदेशका सुस्मा निरौला, सिर्जना विश्वकर्मा, विनिशा रिजाल र निकिता एक्तेन लिम्बुको जोडीले ५७.११ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक हासिल ग¥यो । कर्णालीका रिना राना, उर्मिला राजी, हिरा बुढा र सरिता शाही ५७.८८ सेकेन्डमा दुरी पुरा गर्दै कास्य हासिल गरे । 

 

छात्रतर्फ लुम्बिनीका सुभम बमरेल, अभय राना, सुशान्त थारु र श्लोक हरिजनको टोलीले ४६.३२ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण पदक दिलाए । 

 

गण्डकीका इस्पीन पौडेल, अभिषेक  धनेत, अंकित रानाभाट र सुशान बोटेको टोलीले ४७.२३ सेकेन्डमा दुरी पुरा गर्दै रजत पदक दिलाए । सुदुरपश्चिमका चित्र बहादुर केसी, बरुण दत्त राना, अभिषेक लुहार र खगेन्द्र रावतको टोलीले ४७.५५ सेकेन्डमा दुरी पुरा गर्दै कास्य पदक दिलाए । 
 

पोखरा:  नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् ।  अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...

थप पढ्नुहोस्

पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...

थप पढ्नुहोस्