पाेखरामा नक्कली सुन देखाएर ठगी गर्ने २ भारतीय पक्राउ

पाेखरा | जेठ ३१, २०८१

पाेखरामा नक्कली सुन देखाएर ठगी गर्ने २ भारतीय पक्राउ

पोखरा:   कास्की प्रहरीले नक्कली सुन देखाएर ठगी गरेको आरोपमा २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भएकी ७१ वर्षीया की प्रभा देवी र सोही स्थानकै  ४२ वर्षीय राम नारायण सुलेङी रहेका छन् ।

 

उनीहरुलाई छोरेपाटन बरकोबोट स्थित प्रहरी चौकी छोरेपाटन कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरादेखी बुटवलतर्फ जाँदै गरेको हाइसलाई रोकी चेकजाँच गर्ने क्रममा नगद रु ३ लाख ९० हजारसहित पक्राउ गरेको हो ।

 

उनीहरुले पोखरा महानगरपालिका वडा ८ सृजनाचोक स्थितमा प्लास्टिक पसल सञ्चालन गर्ने ५२ वर्षीय व्यापारीलाई सुनको माला भनी नक्कली पहेँलो धातुको माला दिई नगद रु.४ लाख लिई भागेका थिए ।

 

सोही सूचनाको आधारमा प्रहरीले हिजो दिउँसो पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सट्रसन) सम्बन्धि कसुरमा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।


 

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्