पाेखरामा नक्कली सुन देखाएर ठगी गर्ने २ भारतीय पक्राउ
पाेखरा | जेठ ३१, २०८१
पोखरा: कास्की प्रहरीले नक्कली सुन देखाएर ठगी गरेको आरोपमा २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भएकी ७१ वर्षीया की प्रभा देवी र सोही स्थानकै ४२ वर्षीय राम नारायण सुलेङी रहेका छन् ।
उनीहरुलाई छोरेपाटन बरकोबोट स्थित प्रहरी चौकी छोरेपाटन कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरादेखी बुटवलतर्फ जाँदै गरेको हाइसलाई रोकी चेकजाँच गर्ने क्रममा नगद रु ३ लाख ९० हजारसहित पक्राउ गरेको हो ।
उनीहरुले पोखरा महानगरपालिका वडा ८ सृजनाचोक स्थितमा प्लास्टिक पसल सञ्चालन गर्ने ५२ वर्षीय व्यापारीलाई सुनको माला भनी नक्कली पहेँलो धातुको माला दिई नगद रु.४ लाख लिई भागेका थिए ।
सोही सूचनाको आधारमा प्रहरीले हिजो दिउँसो पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सट्रसन) सम्बन्धि कसुरमा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
ढोरपाटन: सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् । पूर्व पाँच...
पाल्पा: पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ् भन्ने स्थानमा जिप दुर्घटना भए...
पोखरा: लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्त...

