पोखरामा ‘दि कन्टेन्डर फाइट सिरिज २’ हुने

पाेखरा | असार १०, २०८१

पोखरामा ‘दि कन्टेन्डर फाइट सिरिज २’ हुने File photo

पोखरा:     पोखरामा ‘दि कन्टेन्डर फाइट सिरिज २’ हुने भएको छ ।


उक्त प्रतियोगिताको आगामी साउन दोस्रो साता घोषणा हुने तयारी भइरहेको प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिएका हुन् । व्यवसायिक मार्शल आर्ट खेलमा गत वर्ष सम्पन्न भइसकेको ‘दि कन्टेन्डर फाइट सिरिज’ राष्ट्रियस्तरको पहिलो संस्करणको सफलता पूर्वक सम्पन्न भइसकेको जनाउँदै संयोजक क्षेत्री यो वर्ष अन्तर्राष्ट्रियस्तरको तयारी सुरु गरिएको जानकारी दिए ।


उनले भने–“हामी खेलमा व्यवसायिकताका लागि भाषण गछौं । हो–हो भन्दै रमाउँछौं”,–उनले थपे–“अब गफ र भाषणमा रमाउने होइन हामी साच्चिकै काम गर्ने हो । खेलकुद व्यवसायिक हुन पर्छ । त्यसैले पनि यो दि कन्टेन्डर सिरिजको यो दोस्रो यात्राले त्यो अनुभुत गराउने मात्रै नभई नेपाल मार्शल आर्ट खेलको यात्रामा अग्रसर छ भन्ने सन्देश पनि दिन चाहन्छौं । यो व्यवसायिक मार्शल आर्टमा पहिलो पाइला मात्र होइन नेपाली मार्शल आर्ट इतिहासकै ठूलो कार्यक्रम समेत हो ।”


दि कन्टेन्डर सिरिजमा मुआथाई, बक्सिङ र एम।एम ए गरी तिन छुट्टा–छुट्टै इभेन्टमा हुने भएको संयोजक क्षेत्रीले बताए । दि कन्टेन्डर सिरिजमा सबै फाइटहरुलाई एकै थलोमा हिडाउँदै खेलाडीहरुलाई समेत आफूले सिकेको शिपलाई व्यवसायिक खेलकुदमा अघि बढाउने गरी तयारी रहेको उनले बताए । “दि कन्टेन्डर सिरिजमा नेपाली खेलाडीहरुको कला मात्रै होइन विदेशी खेलाडीहरु समेतको खेल कौशल देख्न पाउने छौं । जसका कारण नेपाली खेलाडीहरु समेत उनीहरुको शिपलाई अङ्गिकार गर्ने मात्रै नभई आफूलाई पनि त्यो ठाउँमा उभ्याउन सक्षम हुनेछन् ।”


गत वर्ष सम्पन्न दि कन्टेन्डर सिरिज १ मा करिव ४ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए । संयोजक क्षेत्रीले यो वर्ष १० हजार भन्दा वढि दर्शकलाई एकै ठाउँमा ल्याउने गरी तयारी गरिने बताए । उनले भने–“मार्शल आर्ट फाइट सिरिजमा दर्शकहरुको उपस्थिती हुन्छ भन्ने सन्देश गत वर्षको कार्यक्रमले पनि दिएको छ । हामी स्थानिय मात्रै नभई देशैभरीका दर्शक पोखरामा यो सिरिज प्रत्यक्ष अवलोकन गर्न निम्तो दिने छौं ।” दर्शकहरुको सहजताका लागि प्रतियोगिता स्थलमा नै फुड फेष्टिभललगायत अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु समेत प्रस्तुत गरिने छ ।


दि कन्टेन्डर सिरिज २ सम्पन्न गर्न ३० लाख भन्दा वढि खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको संयोजक क्षेत्रीले जानकारी दिए । दि कन्टेन्डर सिरिजलाई प्रदेश खेलकुद परिषद गण्डकी, राष्ट्रिय खेलकुद परिषद, विभिन्न व्यवसायिक संस्थाहरु, खेलप्रेमी महानुभावहरुले समेत सहयोग गर्ने संयोजक क्षेत्रीले जानकारी दिए ।
 

गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।   मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।   उनले २९ हजार ८९६ मत...

थप पढ्नुहोस्

पोखरा:   निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् ।   प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...

थप पढ्नुहोस्

सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् ।   श्रम संस्कृति पार्टीका संस्थापक रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् ।   निकटतम प्रत...

थप पढ्नुहोस्