गरिमा विकास बैंक लिमिटेड र नाट्टा गण्डकी प्रदेशबीच सम्झौता
पाेखरा | असार १०, २०८१
पोखरा: गरिमा विकास बैंक लिमिटेड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशबीच सम्झौता भएको छ ।
नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई बैंकको विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउन उक्त सम्झौता गरिएको हो ।
सम्झौता पत्रमा बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय प्रमुख भोलाप्रसाद तिवारी र नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले हस्ताक्षर गर्नुुभएको छ ।
सम्झौता अनुसार नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई पाँच वर्षसम्म पाँच लाखसम्मको बैंक ग्यारेन्टी १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराइने नाट्टा गण्डकी प्रदेशका महासचिव संगीता पौडेलले जानकारी दिनुुभयो ।
यस प्रावधान मार्फत व्यवसायीहरूलाई आफ्नो व्यवसाय सञ्चालनमा सहयोग पुुगी त्यसबाट लाभान्वित हुने उहाँले विश्वास व्यक्त गर्नुुभयो ।
उक्त अवसरमा नाट्टा गण्डकी प्रदेशका पदाधिकारी, गरिमा बैंक लेकसाइड शाखाका प्रमुख सहित बैंकका कर्मचारीको उपस्थिति थियो ।
व्यवसायिक हकहितका साथै पोखरा सहित समग्र नेपालको पर्यटन प्रवद्र्धनमा नाट्टा गण्डकी प्रदेशले सकृयताका साथ आफ्ना गतिविधि बढाइरहेको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई बसोबासको व्यवस्था गरेको छ । सम्पर्क समन्वय कमिटीले बस्न र खाना समस्या हुने प्रतिनिधिलाई नेता तथा क...
काठमाडौं: नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने भएको छ । उक्त सडक खण्डमा कालोपत्र गरी स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले आंशिक रूपमा सडक बन्द गर्न लागिएको हो । ...
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा घोटाला गरेको आरोपमा पाँच जना पूर्वमन्त्री सहित ५५ जना विरुद्ध भष्ट्राचारको मुद्दा दायर गरेको छ । आयोगले आज विशेष अ...

