तनहुँबाट पोखरा ल्याएर नाबालिगलाई सामुहिक बलात्कार, भारतीय नागरिकसहित २ जना पक्राउ
पाेखरा | असार २३, २०८१
पोखरा: तनहुँबाट पोखरा ल्याएर नाबालिगलाई सामुहिक बलात्कार गरेको आरोपमा कास्की प्रहरीले भारतीय नागरिकसहित २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले नाबालिगलाई शरिर बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा भारतीय नागरिकसहित २ जनालाई पक्राउ गरेको जानकारी दिए ।
उनका अनुसार ति दुइजनालाई गत १८ गते (मंगलबार) बिहान पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वर गाउँपालिका स्थायी घर भई पोखरा–११ बस्ने २१ वर्षीय अरुण कुमार दास र भारतको बिहार प्रदेश सितामणी स्थायी घर भई पोखरा–११ नै बस्ने १९ वर्षीय सुनिल दास रहेको डिएसपी शर्माले बताए ।
यस्तो छ घटनाक्रम,
गएको असार १७ गते तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुबाट नाबालिकालाई छलकपट गरी झुक्याउदै र डरत्रास देखाई भारतीय नागरिकसहित २ जनाले ग ८ प ४२८० नम्बरको मोटरसाईकलको बीचमा राखी पोखरामा ल्याए ।
तनहुँबाट पोखरा ल्याएका नाबालिकालाई उनीहरुले पोखरा महानगरपालिका–११ रानीपौवास्थित कोठामा बन्धक बनाएर सामुहिक बलात्कार गरे ।
त्यसपछि अर्काे दिन असार १८ गते बिहान तनहुँ फर्किदै गर्दा पोखरा महानगरपालिका–३० पावरहाउसस्थित पृथ्वीराजमार्ग सडकखण्डमा प्रहरीले चेकिङ गर्ने क्रममा भाग्न खोजे ।
त्यसपछि नियन्त्रणमा लिएर सोधपुछ गर्दा नाबालिकाले आफुलाई सामुहिक बलात्कार गरेको खुलाए ।
त्यसैको आधारमा कास्की प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढायो ।
अहिले पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत कास्कीबाट अपहरण वा शरिर बन्धक तथा जवरजस्ती करणी सम्बन्धि मुद्धामा असार १८ गतेदेखि नै लागू हुने गरी पहिलो पटक ८ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

