भोलि गण्डकी प्रदेशमा सार्वजनिक यातायात नचल्ने

किन आन्दोलित भए यातायात व्यवसायी ?

पाेखरा | साउन १२, २०८१

भोलि गण्डकी प्रदेशमा सार्वजनिक यातायात नचल्ने

पोखरा:   गण्डकी प्रदेशमा यातायात व्यवसायीले भोलि (आइतबार) कुनैपनि सार्वजनिक सवारी साधन (कालो प्लेट) सडकमा ननिकाल्ने निर्णय गरेका छन् ।

 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले निजी सवारी साधन (रातो प्लेट) लाई यात्रु ओसारपसार गर्न दिनेगरी गण्डकी सरकारले कार्यविधि बनाउन लागेको भन्दै  तत्काल खारेज गर्न ४८ घण्टे अल्टिमेटम दिएका थिए । 

 

उक्त म्याद सकिएसँगै गण्डकी प्रदेश सरकारले व्यवसायीको पक्षमा कुनै निर्णय नगरेको भन्दै भोलि (आइतबार) यात्रुबहाक र मालवहाक सवारी साधन घर तथा ग्यारेजमा थन्काउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका सचिव योगेन्द्र बहादुर केसीले बताए । 

 

‘हामीले ४८ घण्टे अल्टिमेटम दिएका थियौं, यो सरकारले हाम्रो मागलाई कुनै ध्यान दिएन । त्यसैले भोलि हामीले सार्वजनिक सवारी साधन ठप्प गर्ने निर्णय गरेका छौं, उनले सुनगाभा न्यूजसँग भने, ‘भोलिपनि केही सकरात्मक जवाफ आएन भने प्रदेशदेखि देशभरी नै अनिस्चितकालिन रुपमा गाडीहरु घर र ग्यारेजमा थन्काउछौं ।’
 

यो पनि पढ्नुहोस

 


निजी सवारी (दुई तथा चार पाङ्ग्रे) लाई सार्वजनिक सवारी सरह यात्रु ओसारपोसार गर्न बनाउन लागेको कार्यविधीलाई तत्काल खारेज गर्नुपर्ने महासंघको माग छ ।

 

यस्तै यातायात प्राविधिकरण गठन गरि यातायात सञ्चालनको कार्यविधि तयार गर्न, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकुल समायोजन गर्न, सडक सुरक्षा योजना लागू गर्नुपर्ने उनीहरुको माग छ ।

पोखरा:   २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट  गरेको छ ।  पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भ...

थप पढ्नुहोस्

काठमाडौं: काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्।  आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्।  स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्र...

थप पढ्नुहोस्

काठमाडौं: राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायण...

थप पढ्नुहोस्