६३ रोपनी जग्गा प्रकरण:  नापी कार्यालय प्रमुख काफ्लेको नेतृत्वमा छानबिन समिति

कास्की | असार २६, २०७९

६३ रोपनी जग्गा प्रकरण:  नापी कार्यालय प्रमुख काफ्लेको नेतृत्वमा छानबिन समिति

पोखरा:   पोखरा महानगरपालिका पूर्वमेयर मानबहादुर जिसीले गैरकानूनी रुपमा उपत्यका नगर विकासको स्वामित्वमा रहेको ६३ रोपनी जग्गा भाडामा दिएको खुलासा भएपछि छानबिन समिति गठन गरिएको छ ।

 

नापी कार्यालय कास्कीका प्रमुख दिनेश काफ्लेको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

 

काफ्ले संयोजक रहेको उक्त समितिको सदस्यमा पोखरा ३१ का वडाध्यक्ष देबेन्द्र रानाभाट, वडा ५ का वडाध्यक्ष विष्णुप्रसाद बराल, अधिवक्ता शुकदेव गौतम र झपिन्द्रराज रेग्मी रहेका छन् । उक्त समितिले एक हप्ताभित्र महानगरलाई छानबिन प्रतिवेदन पेश गर्नेछ । 

 

कानूनी प्रक्रिया पुरा नगरी सम्झौता गरिएको खण्डमा वर्तमान मेयरले सम्झौता रद्द गर्न पाउँने कानूनी प्रावधान रहन्छ ।  महानगरलाई छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि कानूनी प्रक्रिया अनुसार सम्झौता भए नभएको ऐकिन गरि निर्णय गर्नेछ । 
 

 

पूर्वमेयर जिसीले गत जेठ ३ गते पर्यटन बसपार्क, गल्फ कोर्स र पोखरा ९ स्थित यातायात कार्यालय पछाडी रहेको जग्गा गरि कुल ६३ रोपनी जग्गा निजी क्षेत्रलाई सुटुक्क भाडामा लगाएका थिए । 

 

उक्त प्रकरण बाहिरिएसँगै पूर्वमेयर जिसीले पोखरा र पोखरेली जनताको हित विपरित कुनै पनि काम नगरेको स्पष्तोक्ती दिएका थिए । उक्त प्रकरणको गठित समितिले छानबिन थालेपछि विवादित जग्गामा सबै कार्य रोक्न पोखरा महानगरले जानकारी दिइसकेको छ । 

 

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २१ गते उपत्यका नगर विकास समितिलाई उक्त प्रकरणबारे सम्बन्धित सम्पूर्ण विवरत र काजगपत्र उपलब्ध गराउन भन्दै पत्र पठाएको थियो ।

 

http://sungabhanews.com/story/1465/2022/7/5/bisesh/samaj/

 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्