उपचारका क्रममा मृत्यु भएको घटना छानबिनका लागि समिति गठन
चितवन | भदौ ५, २०८१
चितवन: भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी भरतपुर महानगरपालिका–१२ घर भई हाल गैँडाकोट बस्ने सम्झना काफ्लेको घटना छानबिन गर्न नौ सदस्यीय समिति गठन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आज बसेको बैठकले भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रकाश खतिवडाको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको हो ।
समितिमा बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका ऐनेस्थेसियोलोजिष्ट डा प्रदीप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत अजय शर्मा, जिल्ला प्रशासन कार्यालयका अधिकृत अन्तिम सिञ्जाली तथा पीडितको तर्फबाट रमेश काफ्ले, राजेन्द्र ढकाल, मन्दिरा काफ्ले सदस्य रहनुभएको छ भने तुलसीराम आचार्य सदस्य सचिव रहनुभएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
समितिलाई एक साताभित्र अध्ययन प्रतिवेदन बुझाउने गरी कार्यादेश दिइएको उहाँले बताउनुभयो ।
यो पनि पढ्नुहोस
अस्पताल प्रशासनले पनि आन्तरिक रूपमा छानबिन समिति गठन गरेको छ । छानबिन समितिको प्रतिवेदनपछि आवश्यक कारबाही अगाडि बढाउने र मृतकको शव आफन्तले अन्तिम संस्कारका लागि लैजाने निर्णयसमेत भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मृतकका परिवारले चिकित्सकको लापर्वाहीले घटना भएको भन्दै शव बुझ्न मानेका थिएनन् ।
कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्। शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...
पोखरा। कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् । एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...
चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो । गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...


