घाँसीकुवाको पहिरो हटाउने कार्य जारी

तनहुँ | भदौ ६, २०८१

घाँसीकुवाको पहिरो हटाउने कार्य जारी

काठमाडौँ:   नेपाली सेनाले तनहुँको घाँसीकुवामा खसेको पहिरो हटाउने कार्य तीव्र पारेको छ ।

 

यही भदौ ४ गतेदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको घाँसीकुवामा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको थियो ।

 

“यही भदौ ५ गते साँझ उक्त राजमार्गको मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा पहिरो गई सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ नेपाली सेना परिचालित भएको र पहिरो हटाउने कार्य जारी रहेको छ”, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय निकायको सहयोगमा पहिरो हटाउने कार्य भइरहेको हो ।

 

राजमार्गको करिब एक सय ३० मिटर क्षेत्रफलमा फैलिएको उक्त पहिरोमा रहेका रुख नेपाली सेनालगायत अन्य सुरक्षा निकायले हटाएको छ ।

 

एक्स्काभेटरको प्रयोग गरी अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्