फार्मेसीबाट ड्रग्स बेचेको आरोपमा पूर्वसांसद ढाकाकुमार पक्राउ
पाेखरा | भदौ २७, २०८१
पोखरा: कास्की प्रहरीले फार्मेसीबाट ड्रग्स विक्री गरेको आरोपमा रास्वपाका पूर्व सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।
यसअघि लागुऔषध कसुरमा पक्राउ परेका रोल्पा त्रिवेणी गाउँपालिका ७ स्थायी घर भई हाल पोखरा ४ नालामुख बस्ने ४२ वर्षीय प्रकाश थापामगरले लागूऔषध TRUPAIN (Tapentadol) ९७ चक्की पोखरा महानगरपालिका ९ लखनचोकस्थित दिया फार्मेसीबाट खरिद गरेको बयान दिएका थिए ।
त्यसपछि प्रहरीले उक्त फार्मेसीका सञ्चालकसमेत रहेका ढाकाकुमारविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ (पुर्जी) अनुमति लिएको थियो ।
सोही आधारमा रास्वपाबाट सांसदसमेत बनेको डाक्टर श्रेष्ठलाई आज पक्राउ गरिएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेको श्रेष्ठमाथि थप अनुसन्धान अघि बढाइएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

