पोखरामा आइएसएमटी कलेजको ‘जब फेयर’

पाेखरा | असोज ११, २०८१

पोखरामा आइएसएमटी कलेजको ‘जब फेयर’

पोखरामा आइएसएमटी कलेजको आयोजनामा ‘आइएसएमटी जब फेयर’ सम्पन्न भएको छ । 

 

पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित आइएसएमटी कलेज परिसरमा आज (शुक्रबार) जब फेयर सम्पन्न गरिएको कलेजका अप्रेशन म्यानेजर शिव पौडेललले जानकारी दिए । 

 

‘विद्यार्थीहरुलाई डिग्री मात्र उपलब्ध गराउने नभई दक्ष, सबल र सक्षम बनाउने उद्धेश्यले पोखरामा दोस्रो पटक जब फेयर कार्यक्रम गरेका हौं’, पौडेलले भने, ‘आइएसएमटी जब फेयरमा करिव ७० जना विद्यार्थीहरु सहभागी भएका थिए । अध्ययन सकेका विद्यार्थीहरुलाई आफ्नो करियरको सुरुवात गर्न यस कार्यक्रममा सहयोग पु¥याउने विश्वास लिएका छौं ।’

 

आइएसएमटी जब फेयरमा १० वटा विभिन्न कम्पनीहरुले स्टल राखेर विद्यार्थीहरुको अन्तर्वार्ता लिएको उनले जानकारी दिए । 

 

जब फेयरमा पोखरामा रहेका एस हेल्पिङ ह्याण्ड आइटी सुलुसन, टु एस सुलुसन, भायोनेट कम्न्युकेसन, बिजबजार, फुडमाण्डु, इन्सर्ट रिसर्च डेब्लोमेन्ट, पोस्टा इन्फोएस काठमाण्डु, कम्पसिप प्रालि, वेभ सुफर र एक्सटेन आईटी प्राइभेट लिमिटेडका कर्मचारीहरुले अन्तर्वार्ता लिएका थिए । 

 

उक्त कार्यक्रमले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने कलेजको विश्वास छ ।

 

 

बेलायतको युनिभर्सिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त यस आइएसएमटी कलेजले बिबिए, बिएिचएम, बिएस्सी आइटी, बिएस्सी (अनर्स) साइबर सेक्युरिटी  डिजिटल फोरेन्सिक एमबिए तथा एमएस्सी कम्युटिंग लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।  

काठमाडौं:  नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा एवम् अन्य सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ । जनसम्पर्क ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे सम्म निषेधाज्ञा निरन्तर रहने र तत्पश्चात् भोलि भदौ २६ गते बिहान ६ बजे सम्म कर्फ्यू आदेश जारी हुने जनाएको छ । सेना...

थप पढ्नुहोस्

काठमाडौं:  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...

थप पढ्नुहोस्