पर्यटकीय पूर्वाधार बनाउन महायज्ञ

बाग्लुङ | कात्तिक ९, २०८१

पर्यटकीय पूर्वाधार बनाउन महायज्ञ

गलकोट:    प्रचारप्रसार र पूर्वाधार अभावले ओझेलमा परेको यहाँकोे पर्यटकीयस्थल गाजा दहको संरक्षण गर्न स्थानीय एकजुट भएका छन् । 


सरकारीस्तरमा दुई वर्षयता पूर्वाधारका लागि बजेट प्राप्त नभएपछि स्थानीयले श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गरेर अर्थ सङ्कलनको प्रयास थालेका छन् । 


जैमिनी नगरपालिका–३ स्थित गाजाको दहको संरक्षण, प्रचारप्रसार र सिद्ध बराहको पुनःनिर्माणका लागि  ‘गाजा दह सिद्ध बराह श्रीमद्भागवत ज्ञान महायज्ञ’ हुन लागेको वडाध्यक्ष कृष्ण भुजेलले जानकारी दिनुभयो । आगामी मङ्सिर ८ देखि १४ गतेसम्म महायज्ञ हुनेछ ।


 “प्राकृतिक र धार्मिक रूपमा महत्त्वपूर्ण गाजाको दहलाई उजागर गर्न पर्यटकीय पूर्वाधार निर्माणमा महायज्ञले सहयोग पुर्याउनेछ, दहलाई धार्मिक केन्द्रका रूपमा विकास गर्ने र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने हाम्रो मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो ।


अनुसार धार्मिक आस्थासँग जोडिएर देशविदेशमा रहेका स्थानीयले पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका महायज्ञ मूल आयोजक समितिका अध्यक्ष लोकबहादुर छन्त्यालले  बताउनुभयो । 

पोखरा २९ भण्डारढिकमा जारी  ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन्  ।    क्लबका अध्यक्ष विष्णुु पुन...

थप पढ्नुहोस्

पोखरा।       गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । &n...

थप पढ्नुहोस्

पोखरा:   राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ । शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो ।   शनिबार बिदा परेको र मौसमले समेत साथ दिएसँगै जन...

थप पढ्नुहोस्