पोखरामा ध्वनी आतकं मच्चाउने २३ वटा बुलेट र क्रसफायर प्रहरीको नियन्त्रणमा
अधिकांशको सिट र साइलेन्सर पाइप परिवर्तन
पाेखरा | मंसिर ७, २०८१
पोखरा: जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय कास्कीकाे सँयुक्त टाेलीले स्वरुप परिवर्तन (मोडिफाई) गरेका २३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।
कास्की प्रहरीले गत १ गतेदेखि ७ गतेसम्म एक हप्तामा अनुसार ध्वनी प्रदुषण गर्ने २३ वटा बुलेट र क्रसफायरलाई नियन्त्रणमा लिएको हो ।
कास्की प्रहरीको नियन्त्रणमा रहेका २३ मोटरसाइकललाई कारवाहीका लागि यातायात व्यवस्था कार्यलय पठाएको कास्की प्रहरीले जनाएको छ ।
यसैबीच प्रहरीले स्वरुप परिवर्तन गरि ध्वनी प्रदुषण हुनेगरि सवारी नचलाउन अनुरोध गरेको छ ।
कसैले चलाएको देखेमा सय र १ सय ३ नम्बरमा सूचना दिनसमेत आग्रह गरेको छ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

