भुटानी नरेश स्वदेश फिर्ता
काठमाडाैं | मंसिर २१, २०८१

काठमाडौं: अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आउनुभएका भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक आज स्वदेश फर्कनुभएको छ ।
उहाँलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभयो ।
आज बिहान काठमाडौँ आउनुभएका भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गर्नुभएको थियो ।
भारतबाट स्वदेश फर्कने क्रममा उहाँ काठमाडौँ आउनुभएको हो ।
पोखरा: पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा ललितपुर क्विन्सले लगातार तेस्रो जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा लुम्बिनी ला...
पोखराः ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा सोमबार (भदौ २३) पोखरामा प्रहरीले चारजनामाथि गोली प्रहार गरेको छ । घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा...
काठमाडौं: काठमाडौं उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्र...