चिसो बढेसँगै माछामासुको कारोबारमा वृद्धि

सुनसरी | मंसिर २१, २०८१

चिसो बढेसँगै माछामासुको कारोबारमा वृद्धि

सुनसरी:     सुनसरी सदरमुकाम इनरुवा–३ का सुशान्त चौधरी बिहान ५ बजे मासु पसलमा आइपुग्नुहुन्छ । 

उहाँको दैनिकी खसी काट्ने र मासु बिक्री गर्नेमा बित्ने गरेको छ । गर्मीयाममा केही ढिलो पसल खोल्ने र कम बिक्री हुने मासु अहिले बढी बिक्री हुने गरेको सुशान्तले बताउनुभयो । 

    
चिसोमा खसीको मासु बढी खपत हुने भन्दै चौधरीले दैनिक १५ वटासम्म खसी काटेर बिक्री गर्ने गरेको जनाउनुभयो । 


गर्मीका बेलामा सरदर १० देखि १२ वटासम्म खसी काटेर मासु बिक्री गर्दै आएकामा चिसोका बेलामा १५ वटासम्म काट्ने गरेको उहाँको भनाइ छ ।   

    
चिसोका बेलामा बिहानैदेखि मासु किन्नेको भीड लाग्ने गरेको भन्दै अन्य पसलहरूमा पनि यो समयमा जिल्लामा माछा र मासुको कारोबारमा वृद्धि हुने जानकारी दिनुभयो । 

    
इनरुवासहित जिल्लाका विभिन्न ठाँउमा लाग्ने हाटमा माछा, मासुको कारोबारमा वृद्धि भएको स्थानीय माछा व्यापारी गुलावी मुखियाले बताउनुभयो । इनरुवा, लौकही, रामधुनी, इटहरी, धरानलगायत स्थानमा रहेका माछा, मासु पसलमा चिसो बढेसँगै ग्राहकको घुइँचो लाग्न थालेको उहाँको भनाइ छ । 

    
माछा, मासुको प्रयोगले शरीरलाई तातो राख्ने र चिसोबाट लाग्ने रोगसँग लड्न प्रतिरोधात्मक क्षमतासमेत वृद्धि गर्ने भएकाले चिसोका बेलामा मानिसले बढी माछामासुको प्रयोग गर्ने चिकित्सक देवराज घिमिरेले बताउनुभयो । 


चिसोका बेलामा बिरामीलाई चिकित्सकले बढी मात्रामा माछामासुको झोल प्रयोग गर्न सल्लाह दिने उहाँको भनाइ छ ।

पोखरा:   जेनजी आन्दोलन चर्किँदै गएपछि कास्कीको पोखरामा पनि स्थानीय प्रशासनले  कर्फ्यु लगाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले सोमबारदेखि लागु हुने गरी  कर्फ्यु  आदेश जारी ...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यालयमा जेन जी प्रदर्शनकारीले तोडफोडसहित आगजनीको प्रयास गरेका छन् ।   मुख्यमन्त्री कार्यालयमा आगजनीको प्रयास भएपछि प्रहरी र प्रदर्शनकारीबीच भएको मुठभेडले स्थिति तनावप...

थप पढ्नुहोस्

काठमाडौं:   ‘जेनजी’को प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।  सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार घाइतेको नयाँबानेश्वरस्थित ...

थप पढ्नुहोस्