तमु धीं यूकेको अध्यक्षमा जुमकाजी
काठमाडाैं | पुस १, २०८१
काठमाडौं: तमु धीं यूकेको अध्यक्षमा जुमकाजी गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।
तमु धिं भवन मिचेटमा शनिबार सम्पन्न २४औँ वार्षिक साधारणसभा तथा १३औँ महाधिवेशनबाट अध्यक्षमा जुमकाजी गुरुङ र आमा समूहको अध्यक्षमा कमलादेवी गुरुङ निर्विरोध चयन हुनुभएको हो ।
अध्यक्षलगायतमा एकल उम्मेदवारी परेकाले उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन मण्डलका संयोजक एकेन्द्र गुरुङले जानकारी दिनुभयो । जुमकाजीसहित २९ जना निर्विरोध निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा परशु गुरुङ, कमल गुरुङ, दिलमाया गुरुङ, तथा महासचिवमा डा विशाल गुरुङ चयन हुनुभएको छ ।
त्यसैगरी कमलादेवीको नेतृत्वमा २८ सदस्यीय आमा समूह निर्वाचित भएको छ । नवनिर्वाचित कार्यसमितिले शनिबार नै पद तथा गोपनीयताको शपथ लिएको छ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने व्यवस्था छ । यो समूहले यही २८ डिसेम्बरबाट औपचारिक रुपमा जिम्मेवारी लिनेछ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

