फलोअप: घाइते ४ जनालाई सिम्रिक एयरमार्फत मणिपाल अस्पताल ल्याइयो, १ जनाको मृत्यु

पाेखरा | पुस ४, २०८१

फलोअप: घाइते ४ जनालाई सिम्रिक एयरमार्फत मणिपाल अस्पताल ल्याइयो, १ जनाको मृत्यु

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा स्कारपियो दुर्घटना हुँदा घाइते भएका ४ जनालाई सिम्रिक एयरमार्फत मणिपाल शिक्षण अस्पताल ल्याइएको छ । 


पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६८२१ नम्बरको स्कारपियो घान्द्रुकको बतासे डाँडामा आज दिउँसो दुर्घटनामा हुँदा ६ जना घाइते भएका थिए । 


घाइते मध्ये ४ जनाको सिम्रिक एयर मार्फत उद्धार गरेर उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याइसकेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले जानकारी दिए ।

 
‘घान्द्रुकको बतासे डाँडामा स्कारपियो दुर्घटना हुँदा घाइते भएका ४ जनालाई सिम्रिक एयरमार्फत मणिपाल शिक्षण अस्पतालम ल्याइएको छ’, सूचना अधिकारी पाठकले भने, ‘ घाइते ४ जना मध्य ३ जना गम्भिर र २ जना सामान्य रहेका छन्, घाइतेहरुको उपचार भइरहेको छ ।’


स्कारपियो दुर्घटना हुँदा गम्भिर घाइते भएक एक जना महिलाको मृत्य भएको एक स्थानीयले बताए । स्कारपियो सवार ६ जना महिला रहेको ट्राफिक प्रहरीले जनाएको छ । 


 

यो पनि पढ्नुहोस

 


 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्