आठौं विरेन स्मृति १८ औं ‘बिटी कप’ को मिति घोषणा, माघ २२ देखि हुने
पाेखरा | पुस २१, २०८१
पोखरा: पोखरामा क्रियाशिल बुद्धटोल युवा (बिटी) क्लबले आठौं विरेन स्मृति १८ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको मिति घोषणा गरेको छ ।
क्लबका अध्यक्ष असिम थापाले पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी माघ २२ गतेदेखि खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने गरी तयारी थालिएको जानकारी दिए ।
उनका अनुसार फुटबलको विकास गर्ने उद्देश्यसहित विगत लामो समयदेखि क्लबले फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
‘पोखरामा निरन्तर हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको लिस्टमा हाम्रो प्रतियोगिता पनि पर्छ । त्यसैले हामी १८ औं संस्करणसम्म निरन्तर आइपुगेका छौ, अध्यक्ष थापाले भने, ‘यस प्रतियोगिताले फुटलबको विकासमा थप सघाउ पुग्ने विश्वास लिएका छौं ।’
अध्यक्ष थापाले माघ २२ गतेदेखि प्रतियोगिता सुरु गर्ने बताउदै पुरस्कार राशी र समापन मिति तय गरिने बताए ।
‘हाम्रो प्रतियोगिता पोखराको चर्चित र लोकप्रिय प्रतियोगिता हो, अध्यक्ष थापाले भने, ‘त्यसैले यसमा सहभागि हुन धेरै टिमहरु इच्छुक हुनुहुन्छ । उहाँहरुको सहभागिताकै आधारमा समापन मिति पनि तय हुनेछ । र पुरस्कार राशी पनि पहिलेकोमा केही बढाएर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्छौ ।’
गत वर्ष भएको प्रतियोगिताको विजेतालाई नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो ।
यसअघिको संस्करणको उपाधि लामागाउँ गुम्बाले जितेको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

