सातामा दुई दिन बिदा दिने सरकारी निर्णय

काठमाडाैं | बैशाख १४, २०७९

सातामा दुई दिन बिदा दिने सरकारी निर्णय

काठमाडौं:  नेपाल सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।

 

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो कुराको जानकारी दिनुभएको हो ।

 

मङ्गलबार बसेको मन्त्रिपरषद् बैठकका बुधबार सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता कार्कीले शनिबार र आइतबार दुई दिन सार्वजनिक दिने निर्णय भएको जानकारी दिनुभयो ।

 

उहाँका अनुसार आगामी जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको छ । मन्त्री कार्कीले यो निर्णयबारे विस्तृत रुपमा बताइसक्नुभएको छैन र यो परीक्षणको रुपमा बिदा दिने निर्णय भएको हो ।

 

पेट्रेलियम पदार्थको बढ्दो खपतलाई कम गर्ने उद्देश्यले यो निर्णय सार्वजनिक गरिएको टिप्पणी गरिदै छ ।

पोखरा:     प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पियन आयोजक प्रतिभा मावि बनेको छ ।   प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक...

थप पढ्नुहोस्

पोखरा:    कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् ।    विभिन्न बस्त...

थप पढ्नुहोस्

आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ।   नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...

थप पढ्नुहोस्