पोखरा आएर प्रदीपले भने,‘प्रकाश समाजको यथार्थपरक कथा’
पाेखरा | साउन १२, २०७९
पोखरा : नेपाली चलचित्र प्रकाश समाजको यथार्थप्रदक कथा भएका नायक प्रदीप खड्काले बताएका छन् । फिल्म प्रोमोशनका लागि पोखरा आएका खड्काले यस्तो बताएका हुन् । बिहिबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खड्काले प्रकाशले आफुलाई कलाकार बनाएको अभिव्यक्ति दिए ।
उनले चलचित्र प्रकाशमा आफु संलग्न हुन पाउँदा खुशी लागेको बताए । ‘चलचित्र प्रकाश समाजको यथार्थ प्रदक कथा हो । यो फिल्ममा मुख्य भूमिकामा आफुले अभिनय गर्न पाउँदा खुशी लागेको छ ।’ उनले चलचित्र जुम्लामा छायाँकन गरिएको भएता पनि नेपालका हरेक ठाउँको समस्यालाई कथामा दर्शाउन खोजिएको बताए ।
चलचित्रलाई सफल बनाउन पोखराले सहयोग गर्नेमा उनी आशावादी देखिन्छन् । चलचित्रमा जुम्लाको गरिब परिवारको एक सदस्यले आफ्नो सपना पुरा गर्न गर्नुपर्ने विविध संघर्षको कथालाई प्रस्तुत गर्न खोजिएको उनले बताए ।
चलचित्रका निर्देशक दिनेश राउतैले ‘प्रसाद’ पश्चात लामो समयको अन्तरालमा ‘प्रकाश’ निर्देशन गरेको जानकारी गराए । आफु राम्रो कथाको खोजीमा रहेको र चाहे जस्तो कथा पाएकाले पनि ‘प्रकाश’ निर्देशनका लागि तयार भएको उनले बताए । समाजको यथार्थप्रदक कथालाई समेत व्यवसायिकीकरण गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।
नायिका दिया मास्केले कुनै पनि सक्सेस पुरुषको पछाडि महिलाको हात हुन्छ भन्ने सन्देश आफ्नो भूमिका मार्फत प्रस्तुत गर्न खोजिएको बताइन् । उनले पोखरा आफ्नो घर भएकाले पनि पोखराबाट माया मिल्नेमा आशावादी रहेको बताइन् ।
चलचित्र लेखक विकास सुवेदीले आफु पत्रकारिता क्षेत्र हुँदै चलचित्रमा प्रवेश गरेको बताए । उनले पत्रकारिता गर्दा समाजमा थुप्रै समस्या देखेको र सोहि समस्यालाई लिएर चलचित्रमा उतारिएको जानकारी गराए । उनले चलचित्र एक गरिब परिवारमा जन्मेको व्यक्तिले शिक्षक बन्न गर्नुपरेको संघर्षलाई चलचित्रम
, प्रस्तुत गर्न खोजिएको बताए ।
उनले ‘प्रकाश’ सबैको कथा भएको उल्लेख गरे । जीवन संघर्षको पहाड भएको विषयलाई समेत चलचित्रले प्रष्ट पार्न खोजेको तर्क उनको छ । २ करोडमा चलचित्रको निर्माण भएको जानकारी उनले गराए । चलचित्रमा प्रकाश घिमिरे, राजन खतिवडा लगायतको कलाकारको अभिनय रहेको छ । भदौ १० बाट प्रदर्शनमा आउने चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् । चलचित्र बिनिस इन्टरटेन्मेन्ट ब्यानरमा निर्माण भएको हो ।
बैतडीः आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण था...
गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...
काठमाडौंः फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

