सिक्लेस माघे संक्रान्ति मेला: स्याङ्जाका गुरुङ ठेलोमा 'च्याम्पियन'

पाेखरा | माघ २, २०८१

सिक्लेस माघे संक्रान्ति मेला: स्याङ्जाका गुरुङ ठेलोमा 'च्याम्पियन'

पोखरा:    कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा माघे सक्रान्ती मेलामा भएको ठेलो प्रतियोगितामा निरज गुरुङले उपाधि जितेका छन् । 

 

यो उपाधिसँगै उनी २०६५ सालयता ८ पटक विजयी बनिसकेका छन् ।


बुधबार सम्पन्न प्रतियोगितामा स्याङ्जा टकसारका निरजले विजेता बन्दै नगद ४५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै बागलुुङ निसिखोलाका बालकुमार विरही दोस्रो भए । उनले ४० हजार रुपैयाँ प्राप्त गरे । विजेता र उपविजेता दुवैलाई सम्मान गर्दै गाउँ परिक्रमा गराइएको थियो । 


सिक्लेस युवा क्लबले आफ्नो ३० औं वार्षिकोत्सव तथा सिक्लेस माघे सक्रान्ति मेला २०८१ को आयोजना समेत गरेको छ ।  

 

यस्तै मेलाको मुख्य आकर्षकको रुपमा खुल्ला पुरुष भलिबल र खुल्ला पुरुष बास्केटबल प्रतियोगिता समेत सञ्चालन भइरहेको छ । 


उक्त प्रतियोगिताको  विजेताले समान एक–एक लाख रुपैयाँ पाउनेछन् । उपविजेता हुने टिमले ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

खुल्ला महिला भलिबल प्रतियोगिताको विजेताले ३० हजार तथा उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने गुरुङ भाषा नृत्य प्रतियोगिताको विजेतालाई ६० हजार रुपैयाँ प्रदान गरिनेछ ।

 

दोस्रो हुनेलाई ४५, तेस्रोलाई ३० हजार रुपैयाँ र उत्कृष्ट भेषभुषा, उत्कृष्ट नृत्य निर्देशकलाई समान पाँच–पाँच हजार रुपैयाँसंगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 


सिक्लेस पोखरादेखि ४० किलोमिटरको दुरीमा रहेको छ ।

 

२०५२ सालमा स्थापित क्लबले निरन्तर रुपमा सञ्चालन गर्दै आएको मेला माघ ४ गतेसम्म सञ्चालन हुनेछ ।
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्