रुपाताल संरक्षणसम्बन्धी काम समयमा सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
काठमाडाैं | माघ २३, २०८१

काठमाडौं: ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले रुपाताल संरक्षणसम्बन्धी कामलाई समयमा सम्पन्न गर्न सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले रुपाताल संरक्षणका लागि गरिरहेको कामको आज निरीक्षण गर्दै उहाँले यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।
“ऐतिहासिक रुपातालको आफ्नै महत्व छ, जनशक्ति थप गरेर समयमा गुणस्तरीय काम गरी यसलाई सम्पन्न गर्नेतर्फ लाग्नुहोस्”, मन्त्री खड्काले भन्नुभयो । रुपाताल संरक्षणका क्रममा बजेट अभाव हुन नदिन मन्त्रालयले आवश्यक समन्वय गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
तालमा हाल सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले पाँच सय ९० मिटर माटो र ४५ मिटर कङ्क्रिटको बाँध लगाउने काम गरिरहेको छ । एक सय २२ हेक्टर क्षेत्रफलमा फैलिएको ताल बाँधेपछि एक सय ८३ हेक्टरको हुनेछ ।
तालको वरपर पैदलमार्ग निर्माण गर्न एक हजार एक सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म नौ सय रोपनी अधिग्रहण भइसकेको आयोजनाका प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिनुभयो ।
अनुगमनमा ऊर्जामन्त्री खड्कासँगै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य यज्ञबहादुर थापालगायत पुग्नुभएको थियो ।
पोखरा: पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा बृहत शान्ति ¥यालीको आयोजना गर्ने भएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गो...
काठमाडौंः जेन-जी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। अहिले सम्म ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको मुख्य सचिव एकनारायण अर्यालले जानका...
काठमाडौं: जेन-जी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज सिंहदरबारमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री सु...