पाथीभरा केवलकार विवादमा वार्ता आव्हान
काठमाडाैं | फागुन १३, २०८१
काठमाडौं: ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ ।
गृह मन्त्रालयद्वारा गठित वार्ताटोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले आज पुनः आन्दोलनरत पक्षलाई वार्ता र सम्वादमा आउन आग्रह गरिएको जानकारी दिनुभयो ।
उहाँले सोमबार राति सूचना जारी गर्नुभएको थियो । सूचनामा भनिएको छ, “निर्माण कार्य स्थगित गर्ने र पाथीभरा क्षेत्रमा केबुलकार निर्माणका क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्या समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्ता एवं संवादमा आउनका लागि यो वार्ता समिति सबैमा हार्दिक अपिल गर्दछ ।”
सरकारले समस्या समाधानका लागि गत माघ २० मा उक्त वार्ताटोली गठन गरेको थियो । दुई पटक बसेको छलफलले टुङ्गो लगाउन नसकेपछि वार्ता अघि बढ्न सकेको थिएन । ‘नो केबुलकार’ समूहले वार्ता नगर्ने भन्दै पुनः आन्दोलन थालेपछि सो क्षेत्रमा दुईपटक झडप भइसकेको छ ।
पर्यटकीय नगरी पोखरामा हुने रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को १८ औं डिस्ट्रिक्ट कन्फरेन्सको तयारी पूरा भएको छ । वैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको...
पोखरा । गण्डकी प्रदेश सरकारमा आज (बुधबार) मन्त्रिपरिषद् हेरफेर भएसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नियुक्त भए ८ मन्त्रीले सपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टल...
पोखरा । ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगितामा रामघाट च्याम्पियन बनेको छ । पोखरा २९ भण्ढारढिक खेलमैदानमा भएको फाइनल खेलमा मिक्की ...

