पोखरामै पहिलोपटक युनाइटेड एकेडेमीमा 'फेशन डिजाइनिङ र सौन्दर्यशास्त्र'को पढाई

पाेखरा | साउन १६, २०७९

पोखरामै पहिलोपटक युनाइटेड एकेडेमीमा 'फेशन डिजाइनिङ र सौन्दर्यशास्त्र'को पढाई

पोखरा: पोखरामा पहिलोपटक पोखरा युनाइटेड एकेडेमीले नयाँ विषयकारुपमा ‘फेशन डिजाइनिङ्ग एवं सौन्दर्यशास्त्र’को कक्षा सञ्चालन गर्ने भएको छ ।

 

एकेडेमीका निर्देशक कृष्णप्रसाद सापकोटाले नेपाल सरकारको पाठ्यक्रम २०७६ ले व्यवसायिक विषयलाई प्राथमिकता दिए अनुसार एकेडेमीले  ‘सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ्ग’लाई ऐच्छिक विषयमा समावेश गरेको जानकारी दिए ।  

 

विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्टपछि एकेडेमीले पाठ्यक्रममा नयाँ विषय थपेको हो । निर्देशक सापकोटाका अनुसार यस विषय अध्ययन गर्न ४० देखि ५० हजार रुपैयाँ शूल्क लाग्नेछ ।

 

नयाँ विषयबारे जानकारी दिन आयोजित कार्यक्रममा सौन्दर्यविद् एव सौन्दर्यशास्त्र पाठ्यक्रमका लेखक कमला श्रेष्ठले व्यवसायिक शिक्षा अन्तर्गत रोजगारको प्रशस्त संभावना बोकेको सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ समयको माग भएको उल्लेख गरिन् । २०७१ साल देखि ऐच्छिक विषयको रुपमा समावेश गर्न पहल थालेको स्मरण गर्दै अहिले सफल भएको श्रेष्ठको धारणा छ । 

 

३ दशक बढी सौन्दर्य क्षेत्रमै कार्यरत गण्डकी प्रदेशका प्रदेशसभा सदस्य मिना गुरुङले ढिलै भएपनि सौन्दर्यशास्त्र अध्ययन गर्न चाहानेहरुका लागि अवसरका ढोका खुलेको बताएकी छिन् । सौन्दर्यकलाको विषयलाई अध्ययनको विषय बनाउनु पर्छ भनेर निकै पहिले देखि आवाज उठाउँदै आएको जनाउँदै अहिले यो पाठ्यक्रममा समावेश भएर आउँदाको क्षण निकै आनन्द लागेको गुरुङले बताइन् । 

 

एकेडेमिका प्राचार्य  बैनबहादुर गोदारले आधुनिक समयको माग र आवश्यकतालाई महसुस गरी विद्यार्थी स्वयं स्वरोजगार बन्न सक्ने विषयलाई प्राथमिकता दिँदै यस शैक्षिक सत्रबाट नयाँ सिपमुलक विषयलाई थप गरेको जानकारी दिए । शिक्षासँग सिप, आत्मनिर्भरताका यी विषयहरुको अध्ययन पश्चात् स्वदेशमै व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्न तथा विदेशमा पनि सजिलै रोजगार प्राप्त गर्न सकिने उनले जनाए । 

 

एकेडेमीका व्यवस्थापन संयोजक राजकुमार कार्कीले प्राज्ञिक र दक्ष जनशक्ति उत्पादन गरी वैधानिक प्रमाणपत्र प्रदान गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको बताएका छन् । 

 

एकेडेमीका अनुसार नेपाल सरकारको बोर्डबाट एसइइ उत्तीर्ण विद्यार्थिले उक्त कोर्ष अध्ययन गर्न सक्नेछन् ।
 

बैतडीः  आसन्न निर्वाचनलाई  मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण था...

थप पढ्नुहोस्

गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...

थप पढ्नुहोस्

काठमाडौंः  फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

थप पढ्नुहोस्