पिएन क्याम्पसको मतगणना अपडेट: सुरूवाती चरणमा अनेरास्ववियुको अग्रता
पाेखरा | चैत ११, २०८१

पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको स्ववियु चुनावको १०० मत गणना हुँदा अनेरास्ववियुले प्रारम्भिक अग्रता लिएको छ ।
अनेरास्ववियुका अध्यक्ष उम्मेदवार विष्णु पोखरेलले ४३ मत पाएका हुन् ।
दोस्रो स्थानमा नेविसंघका सुशील न्यौपाने छन् ।
उनलाई अहिलेसम्म १८ मत प्राप्त भएको छ । स्वतन्त्र उम्मेदवार विप्लवी पौडेलले १३ मत पाएकी छिन् ।
अखिल क्रान्तिकारीका नविन अधिकारीले ८ मत ल्याएका छन् ।
सचिवमा पनि अनेरास्ववियुका बिराट दुवाडी अगाडि छन् । उनले ५० मत ल्याउँदा नेविसंघका विवेक भट्टर्राइलाई १९ र क्रान्तिकारीका मिराज थापा मगरलाई ११ मत प्राप्त भएको छ ।
कसकाे मत कति?
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर ...
पोखरा: कास्कीको मादी गाउँपालिका–६ का स्थानीय बामदेव बरालका १९ वर्षीय विजय बराल करेन्ट लागेर गम्घिर घाइते भएका छन् । शनिबार बिहान करिव १०ः५० बजेको समयमा बारीमा मकैको ढोडको भारी बोक्दा सुुप...
काठमाडौं: संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरू भएको छ । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी ...