बागलुङ चिनाउने ‘चैते दसैँ मेला’
बाग्लुङ | चैत १५, २०८१
गलकोट: चैते दसैँको अवसरमा बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्छ । यसलाई बागलुङ चिनाउने मेलाका रुपमासमेत लिइन्छ ।
नेपालकै महवपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यसवर्ष चैत २० गतेदेखि २५ गतेसम्म आयोजना हुन लागेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।
हरेक वर्षको चैते दसैँको अवसर पारेर प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरको परिसरमा मेला आयोजना गरिने गरिन्छ । चैते दसैँका अवसरमा कालिका भगवती मन्दिर दर्शनका लागि लाखौंँ दर्शनार्थी आउने गरेका छन् ।
पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्पराको निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिँदै आइएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।
पर्वतका राजा प्रतापिनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिकामूर्ति घना जङ्गलकोबीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ ।
चैते दसैँ मेलामा घरायसी प्रायोजनका सामग्री डाला, नाङ्ला, ठेका, हातहतियारलगायतका बस्तुको परम्पराकालदेखिनै किनमेल हुने गरेको छ । चैते दसँैमा बागलुङ कालिका मन्दिरमा टाढा–टाढाका जिल्ला र भारतबाटसमेत भक्तजनको आगमन हुने गरेको छ ।
मेलाका अवसरमा पुरुष भलिबलको विजेतालाई रु दुई लाख ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई रु एक लाख ट्रफी, मेडल र प्रमाणपत्र, सेमिफाइनल पुग्ने समूहलाई रु २५ हजारसहित मेडल र प्रमाणपत्र तथा उत्कृष्ट खेलाडीलाई रु पाँच हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ । पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतिय...
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । अख्तियार द...

