बागलुङ चिनाउने ‘चैते दसैँ मेला’
बाग्लुङ | चैत १५, २०८१

गलकोट: चैते दसैँको अवसरमा बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्छ । यसलाई बागलुङ चिनाउने मेलाका रुपमासमेत लिइन्छ ।
नेपालकै महवपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यसवर्ष चैत २० गतेदेखि २५ गतेसम्म आयोजना हुन लागेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।
हरेक वर्षको चैते दसैँको अवसर पारेर प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरको परिसरमा मेला आयोजना गरिने गरिन्छ । चैते दसैँका अवसरमा कालिका भगवती मन्दिर दर्शनका लागि लाखौंँ दर्शनार्थी आउने गरेका छन् ।
पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्पराको निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिँदै आइएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।
पर्वतका राजा प्रतापिनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिकामूर्ति घना जङ्गलकोबीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ ।
चैते दसैँ मेलामा घरायसी प्रायोजनका सामग्री डाला, नाङ्ला, ठेका, हातहतियारलगायतका बस्तुको परम्पराकालदेखिनै किनमेल हुने गरेको छ । चैते दसँैमा बागलुङ कालिका मन्दिरमा टाढा–टाढाका जिल्ला र भारतबाटसमेत भक्तजनको आगमन हुने गरेको छ ।
मेलाका अवसरमा पुरुष भलिबलको विजेतालाई रु दुई लाख ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई रु एक लाख ट्रफी, मेडल र प्रमाणपत्र, सेमिफाइनल पुग्ने समूहलाई रु २५ हजारसहित मेडल र प्रमाणपत्र तथा उत्कृष्ट खेलाडीलाई रु पाँच हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
पोर्चुगल: वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे ब...
काठमाडौं: नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वि...
काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा ...