पूर्वप्रेमीको नक्कली फेसबुक आइडी बनाएर चरित्र हत्या गरेको अभियोगमा बिन्दु पक्राउ
काठमाडाैं | बैशाख १, २०८२
काठमाडौं: पूर्वप्रेमीको नक्कली फेसबुक आइडी बनाएर चरित्र हत्या गर्ने महिला पक्राउ परेकी छन् । सो आइडीमार्फत निज पुरुष, उसको श्रीमती र नजिकका आफन्तलाईसमेत दुःख दिएको आरोपमा गोरखाकी ३० वर्षीया बिन्दु परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
आफूसँग सरोकार नै नभएका अन्य विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई उक्त ‘फेक आइडी’बाट गालीगलौज गरी आफ्नो चरित्र हत्या गरेको भन्ने निवेदनका आधारमा साइबर ब्यूरोले परियारलाई पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेकी ती महिलालाई स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपकराज अवस्थीले जानकारी दिनुभयो । पक्राउ परेकी ती महिलालाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
पीडित पुरुषको जाहेरीपछि प्रहरीले निज उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा गत पुसमा मुद्दा दर्ता गरेको थियो । त्यसलगत्तै बिन्दु फरार भएकी थिइन् ।
उनलाई खोजी गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत ‘रेड नोटिस’ समेत जारी गरेको थियो । वैदेशिक रोजगारीबाट फर्कने क्रममा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वय र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयको सहयोगमा ती महिलालाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

