गण्डकीमा आज पनि सार्वजनिक यातायात नचल्ने
व्यवसायीको लचकता: 'राइड सेयरिङलाई पनि कालो प्लेट दिइयोस्'
पाेखरा | जेठ २०, २०८२

पोखरा: गत १५ गतदेखि आन्दोलनरत यातायात व्यवसायीले गण्डकी प्रदेशभित्र अनिश्चितकालिन बन्द गरेका छन् ।
गण्डकी प्रदेश सरकारले गत वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा सार्वजनिक सवारी साधन घर तथा ग्यारेजमा राखेका हुन् ।
त्यही आन्दोलनलाई आज (मंगलबार) पनि यथावत राखिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष तथा सँयुक्त संघर्ष समितिका प्रवक्ता योगेन्द्र केसीले बताए ।
उनले उक्त आन्दोलन अनिश्चितकालिन भएको स्पष्ट पारे ।
‘गण्डकीमा हाम्रो आन्दोलन जारी छ । यो कहिलेसम्म हुन्छ भन्न सकिन्न, उनले भने, ‘केन्द्रमा सहमति भएको भनिएपनि स्थगन भन्ने शब्द स्वीकार्य छैन । त्यसैले हाम्रो आन्दोलन निरन्तर छ ।’
सरकारले राइड सेयरिङ रातो प्लेट नभई कालो प्लेट नै प्रदान गर्ने व्यवस्था ल्याए वार्तामा आउन सकिने केसीले बताए ।
‘हामीले त खारेजै भनेका छौ । यदी राइड सेयरिङलाई पनि रातो प्लेट नभई कालो प्लेट नै दिने भए हामी वार्तामा जान सक्छौ,’ उनले भने ।
गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको नियमावली पूर्ण रूपमा खारेज, सार्वजनिक सवारी सञ्चालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने यातायात व्यवसायीहरुको माग छ ।
काठमाडौं: हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरभन्दा दक्षिणतिर रहेको छ । साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाक...
काठमाडौं: आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयक...
काठमाडौं: गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। उनले सोमबार जेन–जी आन्दोलनमा भएको दमनको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्। स्रोतका अनुसार उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बै...