सुनचाँदीकाे विलासिता कर तत्काल खारेज गर्न महासंघकाे माग
काठमाडाैं | जेठ २०, २०८२
काठमाडौं: आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत सबै प्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको विलासिता कर र हिरा–जवाहरात जडित गहनामा लागू गरिएको मूल्य अभिवृद्धि कर तत्काल पुनर्विचार गरी खारेज गर्न सुनचाँदी व्यवसायी महासंघहरुले माग गरेका छन् ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ तथा नेपाल सुनचाँदी व्यवसायी महासंघले सँयुक्त रुपमा अर्थ मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
सो अवसरमा बोल्दै विलासिता करका साथै हिरा–जवाहरात जडित गहनामा लागू गरिएको मूल्य अभिवृद्धि कर तत्काल पुनर्विचार गरी खारेज गर्नुपर्ने नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनाले बताए ।
उनका अनुसार महासंघहरुले सुनचाँदीको कारोबारलाई दीर्घकालीन रूपमा प्रोत्साहित गर्न चाँडोभन्दा चाँडो ऐन, नियम तथा नीतिहरू निर्माण गरिनुपर्ने, कर संरचना परिवर्तन गर्नु पूर्व मौजुदा व्यवसाय, रोजगारी तथा बजारमा पर्ने दूरगामी प्रभावहरूको विस्तृत अध्ययन गरिनुपर्ने, विश्व बजारको मान्यता अनुसार गुणस्तर प्रमाणिकरणको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ल्यावको व्यवस्था गरिनुपर्ने माग राखिएको छ ।
यो पनि पढ्नुहोस
ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्रलयका राजस्व महाशाखा प्रमूख उत्तर खत्रीले व्यवसायीहरुको मागहरु प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै माग सम्बोधन गर्न सक्दो पहल गर्ने आश्वासन दिए ।
सो कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यबहाक अध्यक्ष तथा प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, महासचिव किरणभाई बज्राचार्य र महानिर्देशक शिव दुवाडी तथा नेपाल सुनचाँदी रत्न तथा आभुषणको तर्फबाट अध्यक्ष किसान सुनारका साथै महासचिव निर बहादुर विक लगायतको सहभागिता रहेको थियो ।
यसअघि आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदी क्षेत्रका वृद्धि गरेको करकोविरुद्धमा तीनवटा महासंघहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो ।
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...


