उम्मेदवारी घोषणापछि अर्जुनको अडान: ‘संघ छोड्छु तर अध्यक्ष छोड्दिन’
पोखरा उद्योग वाणिज्य संघको चुनावी रौनक सुुरु
पाेखरा | साउन २२, २०७९
पोखरा: पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनको मिति घोषणा भएसँगै उम्मेदवारी घोषणा हुन थालेको छ ।
आगामी भदौ २४ र २५ गते संघको महाधिवेशनको मिति घोषणा भएसँगै पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष अर्जुन पोखरेलले पत्रकार सम्मेलनमार्फत आज (आइतबार) उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै वाणिज्य संघ छोड्न तयार तर अध्यक्षको उम्मेदवारीबाट पछाडी नहट्ने उनकाे अडान छ । ‘कुनैपनि सर्तमा म पछि हट्दिन, उनले भने, ‘बरु म वाणिज्य संघ नै छाड्छु तर अध्यक्ष पद छोड्दिन ।’
उनले अग्रजले गरेका योगदानको जगमा उभिएर आम पोखरेलीको अभिभावक संस्थाको रुपमा पुनः स्थापित गर्नै दायित्व नयाँ पुस्ताको काँधमा आएको महसुस गर्दै आफुले उम्मेदवारी दिने स्पष्ट पारे ।
‘संघको कार्यसमिति सदस्य, उपमहासचिव, महासचिव र उपाध्यक्ष भएर काम गरेको छु, पोखरेलले भने, ‘अग्रज, समकालीन र अनुजहरुसँग सल्लाह गरे पश्चात धेरैको चाँसो र चिन्ता अब उद्योग वाणिज्य संघमा छ त्यसैले अध्यक्षमा उम्मेदवार घोषणा गरेको हुँ ।’
व्यवसायीको हकहितको पक्षमा विभिन्न प्रबिद्धताहरुसहित उम्मेदवारी घोषणा गरेको उनले बताए । पोखरा उद्योग वाणिज्य संघलाई पोखरेलीको साझा घर बनाउने, भइरहेको भवनलाई पुनः निर्माण गरि बहुतले भवन बनाएर व्यापारिक प्रयोजनका लागि उपयोग र २ वटा पार्किङ, ३ वटा व्यापारिक कम्प्लेक्स र संघको कार्यालय रहने पोखरेलको प्रतिबद्धता रहेको छ ।
उनले संघीय संरचनापछि पोखरा उद्योग वाणिज्य संघको भूमिका कमजोर भएको भन्दै सरकार–जनताबीचको दुरी घटाउन पुलको रुपमा संघलाई अगाडी बढाउने बताए ।
प्रतिबद्धता पत्रमासंघको पहिलो दायित्व संघमा आवद्ध भएका÷नभएका उद्योगी व्यवसायीलाई निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण सिर्जना गर्ने र उनीहरुको अधिकार, राज्यले दिनुपर्ने सहुलियत, लगानीको सुुरक्षा, नयाँ लगानी भित्राउन प्रोत्साहन काममा निष्पक्ष भएर काम गर्ने उल्लेख गरिएको छ ।
आफु निर्वाचित भए २ वर्ष कार्यकालभित्र प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा पोखरा लगानी सम्मेलनदेखि, विदेशी लगानीलाई स्थानीय लगानीकर्तालाई थप लगानी गर्न मिल्ने प्रेरणा सहित संघले देशका चेम्बर अफ कमर्ससँग त्रिपक्षीय सम्बन्धको स्थापना गर्ने पोखरेलले घोषणा समेत गरेका छन् ।
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

