पर्यटक लक्षित छोरेपाटन-काठमाडौं लग्जरी बस सेवा सुरु
पाेखरा | असार १६, २०८२
पोखरा: इन्टरसिटी एडभेन्चर ट्राभल्स एण्ड टूर प्रालिले पोखराको छोरेपाटनबाट काठमाडौंसम्म अत्याधुनिक लग्जरी बस सेवा सुरु गरेको छ।
पृथ्वी राजमार्ग बस व्यवसाय समितिका अध्यक्ष योगेन्द्र केसीले रिबन काटेर बसको उद्घाटन गर्दै यात्रुको आवश्यकता र चाहनाअनुसार गुणस्तरीय, आरामदायी र प्रविधिमैत्री सेवा प्रदान गर्न समितिसहित व्यवसायीहरू नयाँ लगानी र पहलमा सक्रिय रहेको बताए ।
उनले समय र प्रविधिको मागअनुसार सेवाहरू परिमार्जन गर्न नसके व्यवसायमै पछि पर्ने अवस्था आउन सक्ने समेत बताए ।
निकट भविष्यमा मिनिबार सुविधा र थप प्रविधियुक्त गाडीहरू सञ्चालन गर्ने तयारी समितिको रहेको अध्यक्ष केसीको भनाई छ।
यो बस सञ्चालनका लागि कासिराम न्यौपाने, रामु न्यौपाने र अमित बहादुर भण्डारी (माइला)ले संयुक्त रूपमा ४ करोड रुपैयाँ लगानी गरेका छन् ।
छोरेपाटनमा काउण्टर रहेको यस कम्पनीले पर्यटक लक्षित चार वटा बस मार्फत पोखरा - काठमाण्डौ र काठमाण्डौ-पोखरा गरी दैनिक सेवा दिने छ।
“पर्यटक तथा स्थानीय यात्रीका लागि सहज र गुणस्तरीय सेवा प्रदान गर्नु हाम्रो प्राथमिकता हो,” सञ्चालक कासिराम न्यौपानेले भने ।
उनका अनुसार यो सेवा काठमाडौं–पोखरा यात्रा अझ सुरक्षित, आरामदायी र व्यवस्थित बनाउने उद्देश्यले सुरु गरिएको हो।
शर्माका अनुसार, गाडीमा वाइफाइ, आरामदायी सिट, सीसीटीभी सुरक्षा र अनुभवी चालकको व्यवस्था गरिएको छ। यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै नियमित मर्मतसम्भार तथा समयमै सेवा सुरुवातमा विशेष ध्यान दिइएको छ।
पृथ्वी राजमार्ग बस सञ्चालक समिति लिमिटेड अन्तर्गत सञ्चालित बसबाट यात्रुहरू अब हरेक दिन बिहान र बेलुका गरी दुई–दुईवटा लग्जरी बस छुट्ने छन्।
बसमा विशेषगरी रातको लामो यात्रालाई आरामदायी बनाउन बसमा स्लिपर सिट, एसी, वाइफाइ, मोबाइल चार्जिङ, चिया–बिस्कुट, स्न्याक्स र ब्ल्याङ्केटजस्ता सुविधाहरू रहेको अर्का सञ्चालक अमित बहादुर भण्डारीले जानकारी दिए ।
“यो बस प्रविधियुक्त र पर्यटकमैत्री हो, हामीले यात्रुहरूलाई घरजस्तो महसुस गराउने सबै सुविधा राखेका छौं, बस सेवा आन्तरिक र बाह्य पर्यटकलाई जोड्न तयार पारिएको हो,” भण्डारीले भने ।
कम्पनीले हालका लागि पोखरा-काठमाडौंको भाडादर १५ सय रुपैयाँ तोकेको छ। आगामी दिनमा थप गाडी र सेवा विस्तार गर्ने योजना इन्टरसिटी एडभेन्चर ट्राभल्सको छ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

