दाउन्नेमा पहिरो झरेपछि पूर्वपश्चिम राजमार्ग बन्यो अवरूद्ध
नवलपरासी | असार २५, २०८२
नवलपरासी: पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा सडक भाँसिएका कारण बिहानदेखि बाटो अवरुद्ध भएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर-४ खुर्सानीखोलामा तीन फिट जति सडक भाँसिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी (डिएसपी)विरदत्त पन्तले जानकारी दिनुभयो । सडक भाँसिने क्रममा लु १ ख ५८२७ नम्बरको एउटा मालबाहक ट्रक समेत सडकमा फसेको छ ।
आज बिहानपख सडक भाँसिएपछि अहिले दुवैतर्फ गाडीको लाम लागेको छ । राजमार्ग सुचारु गराउन नारायणगढ-बुटवल सडक विस्तार आयोजनाले सडक भासिएको ठाउँमा मर्मतको काम सुरु गरिसकेको छ ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

