यातायात कार्यालय कास्कीका कार्यालय सहयोगी दिपक ७ हजार घुस सहित पक्राउ

पाेखरा | असार ३२, २०८२

यातायात कार्यालय कास्कीका कार्यालय सहयोगी दिपक ७ हजार घुस सहित पक्राउ यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीको कार्यालय । फाइल तस्बिर

पोखरा: यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीमा कार्यरत कार्यालय सहयोगी दिपक पौडेल घुसहित पक्राउ परेका छन् । 


सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, पोखराबाट खटिएको टोलीले पौडेललाई मंगलबार ७ हजार घुससहित पक्राउ गरेको हो । 


सवारी चालक अनुमति पत्रको अनलाईन फारम भरिदिने र लिखित परीक्षामा उत्तीर्ण गराई परीक्षामा समेत पास गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको आरोपमा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले जनाएको छ । 


पक्राउ परेका पौडेललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्