गोरखाका प्रकाश लागूऔषधसहित पोखरामा पक्राउ
पाेखरा | साउन ८, २०८२
पोखरा: गोरखाको अजिरकोट गाउँपालिका–३ का प्रकाश गुरुङ लागूऔषधसहित पोखरामा पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका–३२ लामेआहाल स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा ग ६ प १६३० नम्बरको मोटरसाइकलमा सवार गुरुङलाई प्रहरीले लागूऔषधसहित मंगलबार पक्राउ गरेको हो ।
पक्राउ परेक गुरुङको साथबाट प्रहरीले २ केजी ९ सय ग्राम लागूऔषध, १ थान मोबाइल र १ हजार रुपैयाँ बरामद गरेको छ ।
पक्राउ परेक उनलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

