श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ
मकवानपुर | साउन १८, २०८२

मकवानपुर: मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् ।
मकवानपुरगढी गाउँपालिका–५ बुङदोलस्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तिले घाँटी थिचेर आफ्नै श्रीमती ४० वर्षीया दुर्गालक्ष्मी शिवभक्तिको हत्या गरेको अभियोगमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घरमा कोही नभएको मौका छोपी मानबहादुरले घाँटी थिचेर श्रीमती दुर्गालक्ष्मीको हत्या गरेको अभियोगमा मानबहादुरलाई पक्राउ गरिएको प्रनाउ अर्यालले बताउनुभयो ।
पक्राउ परेका मानवबहादुरले श्रीमती पक्षघातको बिरामी भई हिँड्डुल गर्न नसक्ने अवस्थामा रहेकाले आफू तनाबमा आई श्रीमतीको घाँटी थिची हत्या गरेको र आफू झुण्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुडिएपछि प्रहरीको सम्पर्कमा आएको भनी प्रहरीमा बयान दिएका छन् ।
दुर्गालक्ष्मीको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: जेन–जी आन्दोलनका क्रममा कास्कीमा ९२ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचनामार्फत जनाएको छ । कार्यालयले घाइते लाई परिचयपत्र र भैपरी खर्च वितरण गरिने पनि बताएको छ । ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले एटीएमबाट दिने सुविधाका सीमाहरूलाई फेरबदल गरेको छ। राष्ट्र बैंकले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै प्रिपेड, डेबिट र क्र...
काठमाडौं: आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले जितका लागि १३२ रनको लक्ष्य पाएको छ। ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ...