आन्दोलनमा ज्यान गुमाएका परिवारलाई दश लाख उपलब्ध गराउने प्रहरीको निर्णय

काठमाडाैं | भदौ ३०, २०८२

आन्दोलनमा ज्यान गुमाएका परिवारलाई दश लाख उपलब्ध गराउने प्रहरीको निर्णय

काठमाडौं:  नेपाल प्रहरी प्रधान कार्यालयले ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारजनलाई जनही दश लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ।


प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेका अनुसार भदौ २३ र २४ गते आन्दोलनको क्रममा कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका प्रहरी परिवारजनलाई सो राहत रकम उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो। 


उहाँका अनुसार प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी सो रकम उपलब्ध गराउने निर्णय भएको हो। 

पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ ।      कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय सभाका रिक्त १७ सिटकालागि भोलि निर्वाचन हुँदैछ । मतदान भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ । १८ सिट रिक्...

थप पढ्नुहोस्

काठमाडौं: आईसीसीले टी–२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाउँदै स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको छ।  बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई प्रति...

थप पढ्नुहोस्