ड्यामसाइडको जुवाखालबाट ११ जना पक्राउ

पाेखरा | चैत ८, २०८२

ड्यामसाइडको जुवाखालबाट ११ जना पक्राउ

पोखरा:    कास्की प्रहरीले पोखरा १७  ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।

 

जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ गरेको हो ।

 

जुवा खेलिरहेको प्राप्त सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको कास्की  प्रहरीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । 

 

उनका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीबाट उनीहरुलाई सार्वजनिक हित, नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा वा सट्टेबाजी गर्न नहुने मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्