होस्टेल यौनकाण्ड: किशोरी शक्ति समुहमा, किशोर प्रहरी थुनामा
कास्की | भदौ २, २०७९
पोखरा: कास्कीको माछापुुच्छ्रे गाउँपालिका ६ धितालस्थित भूमेश्वर माध्यमिक विद्यालयको होस्टेलको यौन प्रकरणमा संलग्न किशोरलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की प्रहरीको एक अधिकृतका अनुसार नियन्त्रणमा रहेका किशोरलाई जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरिएको छ ।
किशोरीको अभिभावकको जाहेरीको आधारमा किशोरलाई नियन्त्रणमा लिइएको हो ? भन्ने प्रश्नमा ति प्रहरी अधिकृतले भने, ‘जजकमा मुद्धा दर्ता भाछ । अहिले म्याद थप भएको छ । सबै कुरा भन्न मिल्दैन ।’
गर्भवती बनेकी किशोरीलाई भने मनोपरामर्शका लागि शक्ति समुहमा राखिएको स्रोतले बताएको छ ।
सहमति विना खुल्यो ताला
विद्यालयको होस्टेलमै विद्यार्थीबीच अनैतिक शारीरिक सम्बन्ध राखेको घटना बाहिर आएपछि अभिभावकले लगाएको ताला सहमति विना नै खोलिएको छ ।
अहिले विद्यालयमा परिक्षा सञ्चालन भइरहेको बताउदै ताला खोलिएको माछापुच्छ्रे गाउँपालिका ६ का वडाध्यक्ष टेकनाथ गौतमले बताए । ‘बिहिबारदेखि विद्यालयमा परीक्षा सञ्चालन भइरहेको छ, उनले भने ‘यो विषयलाई परीक्षा सम्पन्न भएपछि पुन: छलफल गर्ने भनेपछि अहिले विद्यालयमा लगाइएको ताला खोलिएको हो । तर त्यो घटनाबारे टुंगो भने लागेको छैन ।’
एसइई दिनको लागि होस्टेलमै रहेका किशोर र किशोरीबीच अनैतिक शारीरिक सम्बन्धबाट किशोरी गर्भवती भएको खुलेपछि अभिभावकले तालाबन्दी गरेका थिए ।
स्रोतका अनुसार विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासनको कमजोरीका कारण घटना भएको भन्दै अभिभावकहरुले व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर पौडेल र प्रध्यानाध्यापक बुद्धिबहादुर मिजारको राजिनामाको मागेका थिए । अहिले परिक्षाका कारण विद्यालय सञ्चालन भएपछि परीक्षा सकिएलगत्तै वार्ता बस्नेछ ।
घटना लुकाउन प्रयास
किशोरी गर्भवती भएको घटना बाहिरिन नदिन विद्यालयका प्रधानााध्यापक, व्यवस्थापन समितिका अध्यक्ष र जनप्रतिनिधिहरुले गुपचुप गराउन लागेको स्रोतले बतायो ।
तर उक्त मिलेमतोमा आफ्नो सहभागिता नरहेको वडा ६ का वडाध्यक्ष टेकनाथ गौतमले बताए । ‘मैल घटना मिलाउन कुुनै पनि पक्षलाई दबाब दिएको छैन । यो विषयमा मेरो केही पनि कुराकानी भएको छैन, उनले सुनगाभा न्यूजसँग भने, ‘हाम्रो वडा सदस्यको भाईको छोरी भएकाले उहाँहरु पारिवारिक छलफलमा बस्नुभयो होला यसलाई कुनै वडाको समन्वयमा दबाब दिन बसेको भन्न मिल्दैन ।’
विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको कमजोरीका कारण होस्टेलमै विद्यार्थीबीच अनैतिक सम्बन्ध भएकोे भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
अस्पताल पुगेपछि गर्भवती पुष्टि
स्रोतका अनुसार घटनामा संलग्न किशोर दलित समुदायका हुन् भने किशोरी क्षेत्री समुदायकी हुन् ।
एसइई तयारीको लागि धिताल स्थित भूमेश्वर माविले सञ्चालन गरेको छात्राबासमा कुल १३ जना विद्यार्थी थिए । अहिले उनीहरु एसइई सकिएपछि ११ कक्षा भर्ना प्रक्रियामा थिए ।
घटना होस्टेलमै रहेको समयमा भए नभएको नखुलेपछि अभिभावकहरुले विद्यालय प्रशासनसँग वार्ताको माध्यमबाट क्रममा जवाफ खोजिरहेका छन् । एसइई सकिएपछि उक्त किशोरी समयसमयमा बिरामी भइरहिन् ।
पेट दुखेर अस्पताल लगिएको उनको चेकजाँज गर्ने क्रममा गर्भवती भएको खुलेको स्रोतले बतायो । ‘नानी पेट दुखेर बिरामी भएको भनेपछि अस्पताल लगेछन्, स्रोतले भन्यो, ‘त्यसपछि पेट पनि बाहिर निस्केकै कारण संका रहेछ । त्यसपछि यो घटना बाहिर आएको हो ।’
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

