सेदीको वाइयुके सुपरमार्केटमा ‘तीजगीत प्रतियोगिता’
पाेखरा | भदौ २, २०७९
                                
                            पोखरा: पोखराबाट सञ्चालनमा रहेको नीतिप्रेस मिडिया प्रालिले तीजको आवसरमा वाइयुके सुुपरमार्केटमा तीजगीत प्रतियोगिता आयोजना गर्ने भएको छ ।
‘कला संस्कृतिको संरक्षण गरौं, पर्यटन प्रवद्र्धन गरौं’ भन्ने नारासहित आगामी भदौ ११ गते ‘वाइयुके सुुपरमार्केट तीजगीत प्रतियोगिता–२०७९’ आयोजना गरिने पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
कार्यक्रम संयोजक गणेश लम्सालका अनुसार प्रतियोगीताको विजेता समुहले नगद रु ३० हजार प्राप्त गर्नेछ भने उपविजेता समुहले २० हजार हात पार्नेछ ।
यसैगरि सान्त्वना स्थान हाँसिल गर्ने समुहले १० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुुन् १ हजार शुुल्क तोकिएको आयोजक संस्थाका कार्यकारी निर्देशक माधव पोखरेले बताए । उनका अनुसार शिक्षा, पर्यटन तथा कलासंस्कृतिमा तीजगीत प्रतियोगिता सञ्चालन हुनेछ । भने करिब ३० समुहले सहभागिता जनाउनेछ ।
प्रतियोगिता सम्पन्न गर्न अनुमानित ३ लाख ७८ हजार खर्च लाग्ने आयोजकले जनाएको छ । 
 
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही १८ देखि २० गतेसम्म आयोजना हुने सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । कतारका अमि...
पोखरा: होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आजदेखि पश्चिम नेपालमा तीन दिने जाउँ है बेगनास पोखरा कार्यक्रम आजदेखि सुरु भएको छ । &nb...
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका –१०, रामघाट...
                    
