डोजर लगाएपछि वडाध्यक्ष मर्सानीले भने – ‘भाडा नतिर्नेको फाइल महानगरमा छ’
पाेखरा | भदौ २३, २०७९
पोखरा: पोखरा महानगरका ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालय भवनमा भाडा नतिर्ने व्यवसायीहरुको फाइल महानगरमा भएको बताएका छन् ।
महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालय भवनमा भत्काउन डोजरसहित पुगेका वडा अध्यक्ष मर्सानीले सटर भाडा नतिर्ने व्यवसायीहरुको फाइल महानगरमा भएको प्रतिक्रिया दिएका हुुन् ।
‘भवन भाडामा लगाउन हामी आउँन भन्दा अगाडीबाट नै सुुरु भएको हो’ उनले भने ‘३ वर्षदेखिको ३ करोड बढी भाडा उठाउन बाँकी छ । फाइल महानगरमा छ । भवन भत्किएको भाडा तिर्न पर्दैन भन्ने हुदैन राज्यलाई तिर्न पर्ने राजश्व हामी उठाउँछौं ।’
यस भवनमा सञ्चालित पसलहरुको भाडासमेत वर्षाैदेखि महानगरपालिकाले पाएको छैन । जसलाई ठेक्कामा दिएको हो, ऊ पनि महानगरपालिको सम्पर्कमा नभएको बताइएको छ ।
पोखरा महानगरपालिकाले आफ्नै स्वामित्वको जग्गाका घर तथा पसल भत्काउन बिहिबारबाट सुुरु गरेको हो । चोकलाई फराकिलो बनाउने उद्देश्यसहित महेन्द्रपुलस्थित सटरमा महानगरले डोजर लगाएको हो ।
त्यहाँको सटरमा पसल तथा कार्यालय चलाइरहेकाहरुलाई महानगरपालिकाले भदौ २२ गतेसम्मलाई सामान खाली गर्न ३५ दिने म्याद दिएको थियो ।
मेयर धनराज आचार्य, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र नगरप्रहरीसहित गएको डोजरले घर तथा पसल भत्काउन सुरु गरेको हो । महेन्द्रपुलस्थित उक्त जग्गामा पोखरा सार्वजनिक पुस्तकालय, पोखरा आर्ट ग्यालरी र व्यक्तिका पसलहरु छन् ।
चाड नजिकिएसँगै डोजर लगाएकोमा व्यवसायीको आपत्ति
पोखरा महागनरपालिकाले महेन्द्रपुलस्थित आर्ट ग्यालरी र पुस्तकालय भवनमा डोजर लगाउँदा व्यवसायीहरुले भने आपत्ति जनाएका छन् ।
व्यवसायी सुशान्त तामाङका अनुसार दशैं तिहार जस्तो चाडपर्वमा केही होला भनेर गरेको लगानीमाथि महानगरले अन्याय गरेको छ ।
तर महानगरले गरेको कार्यको प्रशंसा गर्दै एक व्यवसायीले भने सुन्दर शहर बनाउन र हेर्न मन छ भन्दै महानगरको कदमलाई साथ दिएका छन् ।
पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका प्रत्यासी पवन कुमार प्रजापतिले महानगरले भवनमा डोजर चलाएकोमा आपत्ति जनाउँदै फेसबुकमा विरोध जनाएका छन् ।
उनले लेखेका छन् ‘दशैको मुखमा महेन्द्रपुलका व्यवसायीलाई उठिबास पार्नु आपत्तीजनक हो ।’ कोरोना र नाकाबन्दी र आन्तरिक समस्याले थिलोथिलो पारेको व्यवसायीहरुलाई आहात पुग्ने गरी २७ वटा सटरमा व्यवसायीलाई विस्थापित गर्ने सरकारी कदमको विरोध जनाएका हुन् ।
पोखरा महानगरले भने भवन भत्काएर सार्वजनिक शौचालय र पार्क बनाउने योजना अगाडी सारेको छ ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

