फेलोशिपमा पुगे मन्त्री थापा, गरे भवन उद्घाटन

पाेखरा | भदौ २६, २०७९

फेलोशिपमा पुगे मन्त्री थापा, गरे भवन उद्घाटन

पोखराः रिचमण्ड फेलोशिप पोखराको नवनिर्मित भवनको आज गण्डकी प्रदेशका सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले उद्घाटन गरेका छन् । 

 

भवनको उद्घाटन गर्दै मन्त्री थापाले समाजलाई दुव्र्यसनमुक्त बनाउने अभियानमा निरन्तर लागेको फेलोशिपलाई धन्यवाद दिए । 

 

‘फेलोशिपले लामो समयदेखि विभिन्न दुव्र्यसनमा फँसेका युवालाई उपचार गर्दै आइरहेको सुन्दा खुशी लागेको छ’ उनले भने ‘त्यस्ता युवालाई पुनः समाजमा फर्काउने र जीवन बाँच्न सिकाउने फेलोशिपको मानवीय कार्यलाई पुनः धन्यवाद दिन्छु ।’
 

 

फेलोशिपको प्रशंसा गर्दै उनले सरकारकातर्फबाट के सहयोग गर्न सकिन्छ भन्नेबारे अध्ययन गर्ने उल्लेख गरे । ‘यहाँ आर्थिक, भौतिक सहयोगको आवश्यकता भएको मनन् गरेको छु’ मन्त्री थापाले भने ।

 

उक्त अवसरमा फेलोशिपका अध्यक्ष सन्ताेष गुरुङ्ले हाल ६० जनालाई सुधारमा राखेको र ३ जना उपचारकाक्रममा रहेको जानकारी दिए । 

 

‘नयाँ भवनको उद्घाटन अवसरमा खुशीसँगै जिम्मेवारी थपिएको महशुस गरेका छौ’ गुरुङ्ले भने ‘हामीले कतैबाट सहयोग नलिई धेरथोर रकम जम्मा गरेर बनाएको हौं ।’

 

नयाँ भवनले सुधार र उपचारमा सघाउ पु¥याउने भन्दै गुरुङ्ले दुव्र्यसनमा फँसेका युवा–युवतिलाई यथाशक्य छिटो फेलोशिपमा सम्पर्क गराइदिन अनुरोधसमेत गरे । 

 

उद्घाटनको अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, सामुदायिक केन्द्र, स्थानीय टोल विकासलगायतका प्रतिनिधिको सहभागिता रहेको थियो । 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्