पोउवाको अध्यक्षमा उदाए पवन प्रजापती

पाेखरा | भदौ २६, २०७९

पोउवाको अध्यक्षमा उदाए पवन प्रजापती

पोखरा  : पवन कुमार प्रजापती पोखरा उद्योग वाणिज्य सघको अध्यक्षमा निर्वाचित भएका छन् । 

 

शनिबार सम्पन्न संघको ३४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणनामा प्रजापतीले १ हजार ६सय १३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । प्रतिस्पर्धी अर्जुुन पोखरेलले ८ सय ९७ मत प्राप्त गरे । 

 

संघका निर्वाचनमा पवन र अर्जुन प्यानल चुनावी मैदानमा होमिएका थिए । अधिकांश पदाधिकारी र सदस्यमा पवन प्यानलले जितेको छ ।

 

बरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, बाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, उपमहासचिवमा शोभा गौतम र कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला निर्वाचित भएका छन् । यी सबै पवन प्यानलका हुन् ।

 

अर्जुन प्यानलले उद्योग उपाध्यक्षमा मात्र पदाधिकारी जितेको छ । उद्योग उपाध्यक्षमा देवेन्द्र केसी निर्वाचित भएका छन् ।

 

सदस्यमा पनि पवन प्यानलले नै धेरै जित हात पारेको छ । १० जना सदस्य मध्ये ६ जना पवन प्यानलका छन् ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्