हामीले लछारपाटो लाएनौ अब सिर्जना सिंहलाई जिताऔंः प्रचण्ड

काठमाडाैं | बैशाख २३, २०७९

हामीले लछारपाटो लाएनौ अब सिर्जना सिंहलाई जिताऔंः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीतिमा हामीले केही लछारपाटो लगाउन नसकेको भन्दै काठमाण्डौंको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई जिताउन अपील गरेका छन् । 

 

पाँच दलीय गठबन्धनद्वारा राजधानीमा आयोजित चुनावीसभामा बोल्दै प्रचण्डले भने ‘कांग्रेसले मेयरमा महिलालाई उठाएको छ’ उनले भने ‘माओवादी र गठबन्धनका साथीहरुले उहाँलाई मतदान गरौं ।’ कांग्रेससको उम्मेदवार नै राजधानीमा उपयुक्त भएको भन्दै प्रचण्डले सिंहको अगुवाइमा अब काठमाण्डौं बन्ने दाबी गरे । 
 

रुखवालाले हँसिया हथौडा र हँसिया हथौडावालाले रुखमा भोट गर्न गाह्रो मानेको बताउँदै उनले अब त्यस्तो मनस्थिति त्याग्न अनुरोध गरे । 

 

सोही क्रममा प्रचण्डले आफु हदै सोझो मान्छे भएकोसमेत उल्लेख गरे । ‘म साह्रै सोझो मान्छे रहेछु’ उनले भने ‘त्यही भएर केपी ओलीले दिनसम्म दुख दिए, त्यसपछि माधवजी र म लोकतन्त्र, गणतन्त्र जोगाउन भनेर बाहिरिएको हो ।’ उनले भने ‘ओली प्रवृत्ति देशका लागि घातक छ ।

पोखरा:     प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पियन आयोजक प्रतिभा मावि बनेको छ ।   प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक...

थप पढ्नुहोस्

पोखरा:    कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् ।    विभिन्न बस्त...

थप पढ्नुहोस्

आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ।   नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...

थप पढ्नुहोस्